Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

‘सर्वोच्चको मुद्दा नटुंगिएसम्म संसद् चल्नु हुँदैन’ –सांसद कृष्णभक्त पोखरेल

‘सर्वोच्चको मुद्दा नटुंगिएसम्म संसद् चल्नु हुँदैन’ –सांसद कृष्णभक्त पोखरेल

images

इच्छाकामना न्युज

२३, भाद्र २०७८
‘सर्वोच्चको मुद्दा नटुंगिएसम्म संसद् चल्नु हुँदैन’ –सांसद कृष्णभक्त पोखरेल
images

चितवन, २३ भदौं । एमाले सांसद् कृष्णभक्त पोखरेलले अदातलतमा विचाराधीन मुद्दा नटुंगिएसम्म तत्कालका लागि संसद बैठक चल्न नहुने बताएका छन् ।

१४ जना सांसदमाथिको कारबाही र एकीकृत समाजवादी पार्टी दर्ता नै गैरकानुनी भनी दायर गरेको रिटको अन्तिम किनारा नलागेसम्म संसद् बैठक चल्न दिन नहुने उनले बताएका हुन् ।

बुधबार एमालेको संसदीय दलको बैठकमा आफ्नो धारणा राख्दै उनले सभामुख अग्नि सापकोटाले कानुनले नदिएको अधिकार प्रयोग गरेको दाबी गरे । ‘सभामुखलाई जुन अधिकार प्रयोग गर्नु भयो त्यो अधिकार कहाँबाट प्रयोग गर्नु भयो ?’ उनले भने ‘राजनीतिक दल सम्बन्धी ऐन र नियमावलीले यो अधिकार दिएको छैन ।’

यसको एमालेले जवाफ खोज्नुपर्ने उनको भनाइ छ । ‘पार्टीले कारबाही सिफारिस गरेको पत्रलाई जाँचबुझ गर्ने भनेर एमाले विभाजन गर्ने कुरामा सभामुख लाग्ने अधिकार कानुनले दिँदैन’, उनले भने । ‘सर्वोच्च अदालतमा विचाराधीन मुद्दा नटुंगिएसम्म कसरी संसद् चल्न सक्छ ?’ उनले भने ‘सत्तापक्षले जानीबुझीकन भिडन्त निम्याउन यसो गरेको हो’, पोखरेलले भने । उनले एमसीसीको बारेमा सरकारले पहिला आफ्नो धाराणा स्पष्ट पारेपछि मात्र एमाले बोल्न उपयुक्त हुने उनको भनाइ छ ।

images
प्रकाशित मिति :भाद्र २३, २०७८ बुधवार - २१:०५:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology