Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

धादिङमा ७९ जना एमालेबाट निर्वाचित जनप्रतिनिधीले नेकपा एकिकृत सामाजवादी पार्टी रोजे

धादिङमा ७९ जना एमालेबाट निर्वाचित जनप्रतिनिधीले नेकपा एकिकृत सामाजवादी पार्टी रोजे

images

इच्छाकामना न्युज

२२, भाद्र २०७८
धादिङमा ७९ जना एमालेबाट निर्वाचित जनप्रतिनिधीले नेकपा एकिकृत सामाजवादी पार्टी रोजे
images

धादिङ, २२ भदौ । निर्वाचन आयोगले एमाले र जनता समाजवादी पार्टी (जसपा)का प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ गठन भएका पार्टी छनोटका लागि दिएको समय मंगलबार सकिएको छ ।

नयाँ पार्टी रोज्ने जनप्रतिनिधिले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा मंगलबारसम्म कार्यालय समयभित्र उपस्थित भइ सनाखत गराउनुपर्ने थियो ।

जिल्ला निर्वाचन कार्यालय धादिङमा मंगलबारसम्म नेकपा  एमालेबाट निर्वाचित ७९ जना जनप्रतिनिधिहरुले मात्रै नेकपा एकीकृत समाजवादी दल सनाखत गरेका छन् । आईतबार, सोमबार र मंगलबार गरेर ३ दिनमा ७९ जनाले नेकपा एकीकृत समाजवादी राजेको भनी सनाखत गरेका हुन् ।

धादिङमा नेकपा एमालेबाट निर्वाचित ३ सय १६ निर्वाचित जनप्रतिनिधि मध्ये ७९ जनाले मात्रै माधव कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी दल रोजेका हुन् ।

सुरुमा ८५ जनाले नेकपा एकिकृत समाजवादी रोजे पनि पछि अन्तिम समयमा ६ जना जनप्रतिनिधले नाम फिर्ता लिएर एमालेमै बस्ने निर्णय गरेका हुन् ।

images
प्रकाशित मिति :भाद्र २२, २०७८ मंगलवार - २२:०२:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology