Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवनको इच्छाकामना गाउँपालिका सहित ३ स्थानीय तहमा नेकपा एकिकृत समाजवादी पार्टी शुन्य, सबै जनप्रतिनिधी एमालेमा

चितवनको इच्छाकामना गाउँपालिका सहित ३ स्थानीय तहमा नेकपा एकिकृत समाजवादी पार्टी शुन्य, सबै जनप्रतिनिधी एमालेमा

इच्छाकामना न्युज

२२, भाद्र २०७८
चितवनको इच्छाकामना गाउँपालिका सहित ३ स्थानीय तहमा नेकपा एकिकृत समाजवादी पार्टी शुन्य, सबै जनप्रतिनिधी एमालेमा

चितवन, २२ भदौं । चितवनका सात स्थानीय तहमध्ये इच्छाकामना गाउँपालिका सहित ३ वटा स्थानीय तहमा एमालेका कुनै पनि जनप्रतिनिधिले माधव नेपालको पार्टी एकीकृत समाजवादीमा सनाखत गरेका छैनन् । इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र खैरहनी नगरपालिकामा एकीकृत समाजवादी शून्य भएको हो ।

images

सूर्य चिन्हमा जनतासँग भोट मागेर जितेकाले अन्य पार्टी जादा जनमतको अपमान हुने जनप्रतिनिधिहरुले जनाएका छन् । खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणि चौधरीले सूर्य चिन्हबाट जनताको भोट पाएर जितेका जनप्रतिनिधि अन्य पार्टीमा लाग्नु नैतिकरुपमा पनि ठिक नहुने नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ मैले सबै एमालेका जनप्रतिनिधिलाई यस विषयमा एकताबद्ध भएर बस्नुपर्छ । दायाँबायाँ गर्नु हुँदैन भनेर सम्झाएको पनि थिए । पछिको कुरा जेसुकै होस् तर अहिले हामी सबै एमालेमा नै रहने निर्णय गरेका छौं ।’

खैरहनी नगरपालिकामा नगरप्रमुख र उपप्रमुखसहित सात जना वडा अध्यक्ष नेकपा एमालेले जितेको हो । नगरकार्यपालिकामा ८ जना सदस्य एमालेका तर्फबाट निर्वाचित भएका छन् । त्यसैगरी इच्छाकामना गाउँपालिकामा तीन वडा अध्यक्ष एमालेले जितेको थियो । त्यहाँ पनि कुनै पनि एमालेका जनप्रतिनिधि एकीकृत समाजवादीमा सनाखत गर्न गएनन् । त्यसैगरी कालिका नगरपालिकामा पनि एमालेले ६ वटा वडा अध्यक्षमा जितेको थियो । कालिकाका पनि कुनै पनि जनप्रतिनिधि संघीय समाजवादीमा सनाखतको लागि गएनन् ।

चितवनमा नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल रोज्ने स्थानीय जनप्रतिनिधिहरुको संख्या ३६ पुगेको छ ।

जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार चितवनका सात स्थानीय तहहरुमा भरतपुर, माडी, राप्ती र रत्ननगरका केही जनप्रतिनिधिले समाजवादी रोजेका छन् । जुन प्रतिशतको आधारमा धेरै न्यून हो । दल रोज्ने अन्तिम दिन आज साँझ पाँच बजेसम्म ११ जना वडा अध्यक्षसहित २५ जना वडा सदस्यले एकीकृत समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले नारायणी अनलाइनलाई जानकारी दिए । उनका अनुसार पाँच जना जनप्रतिनिधिले सनाखत गरेर पनि सनाखत फिर्ता लिएका छन् । जसमा रत्ननगरका चार जना र भरतपुरका एक जना रहेका छन् ।

नेकपा एमाले त्यागेर एकीकृत समाजवादीमा सनाखत गर्ने प्रतिनिधिहरुमा भरतपुर महानगरपालिकामा पाँच वडा अध्यक्ष र वडा सदस्यहरु १० जना, रत्ननगर नगरपालिकामा चार वडा अध्यक्ष र सदस्यहरु गरेर १२ जना, राप्ती नगरपालिकामा एक वडा अध्यक्ष र एक जना सदस्यरहेका छन् भने माडी नगरपालिकामा एक वडा अध्यक्ष र दुई सदस्यले एकीकृत समाजवादी रोजेका छन् । नारायणी अनलाईनबाट

images
प्रकाशित मिति :भाद्र २२, २०७८ मंगलवार - २०:५४:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology