Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

‘पार्टी फुटको कुनै औचित्य छैन –स्थायी कमिटी सदस्य किरण गुरुङ्ग

‘पार्टी फुटको कुनै औचित्य छैन –स्थायी कमिटी सदस्य किरण गुरुङ्ग

बि.बि. श्रेष्ठ

२१, भाद्र २०७८
‘पार्टी फुटको कुनै औचित्य छैन –स्थायी कमिटी सदस्य किरण गुरुङ्ग
images

तनहुँ, २१ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य किरण गुरुङ्गले एमाले छाडेर जानेहरु चाडै नै फर्केर मुलधारमा आउने वताउनुभयो । विचार र कार्यनितीमा कुनै असमानता नभए पनि फगत सत्ता र शक्तिका लागी पार्टी नै विभाजन गरेर जानु देश र कम्युनिष्ट आन्दोलनका लागी नै घातक भएको वताउनुभयो । पार्टी फुटको कुनै औचित्य नभएको दावी गर्दे वहाँहरुको क्रान्तिकारीता केही समयपछि देखिने वताउनुभयो । 

images
images

विगतमा विचार र कार्यदिशामा फरक भएर एमाले विभाजन हुदाँको स्मरण गर्दे गुरुङ्गले पार्टी फुटको कुनै अस्तित्व नभएको वताउनुभयो । संवैधानिक व्यवस्थालाई लत्याउदै अनुकुल अध्यादेश ल्याई पार्टी विभाजनको मतियार देउवा सरकार भएको वताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्धारा आयोजित तनहुँको वैठकलाई सम्वोधन गर्दे पाार्टी स्थायी कमिटी सदस्य गुरुङ्गले सो कुरा वताउनुभएको थियो । देशभर नै एमाले विभाजनले जनतामा कुनै असर नपारेको हुदाँ आ–आफनो कार्यक्षेत्रमा ढृढताका साथ जनताको काम गर्न पनि वहाँले निर्देशन दिनुभयो । 

त्यसैगरि विशिष्ट अतिथी नेकपा (एमाले) वैकल्पिक पोलिटव्युरो सदस्य एवं प्रदेश कमिटी अध्यक्ष जगत विश्वकर्माले  देशी विदेशी शक्तिले कम्युनिष्ट एकता नचाहेको सन्दर्भमा पार्टीको वरिष्ठ नेता माधव कुमार नेपाल त्यसको मतियार वनेको वताउनुभयो । पार्टी र सरकार स्वभाविक रुपमा चलिरहेको सन्र्दभमा शक्ति र सत्ताका लागी सरकार असफल वनाउन मात्र लागेको पनि वहाँले वताउनुभयो ।

कार्यक्रममा नेकपा (एमाले) को केन्द्रिय सदस्य एकवहादुर रानाले पार्टी फुटालेर जानेहरुलाई जनताले माफी नदिने वताउनुभयो । पार्टीभित्र वहस स्वभाविक भएता पनि विखण्डनमा नै उन्मुख हुदाँ जनतामा नैराश्यता छाएको वताउनुभयो । कम्युनिष्ट वर्गिय मुक्तिको लागी लड्दै आएको हो, तर पार्टीमा अहिले चरम अवसरवादी र पुँजीवादी नेताहरु हावी हुदाँ आज यो अवस्था आएको समेत वताउनुभयो ।

यसैगरि कार्यक्रमका अध्यक्ष एवं प्रतिनिधीसभाका सदस्य केदार सिग्देलले पार्टी फुट जनताको चाहना विपरित भएको वताउनुभयो । लामो समयसम्म एमालेमा रहेर विभिन्न राज्यको नेतृत्व सम्ममा रहिरहेको नेताहरुले कम्युनिष्ट आन्दोलनलाई नै वदनाम गरेको वताउनुभयो । एमाले तनहुँका नेता कार्यकर्ताहरु एकढिक्का भएको तर लोभी, पापी र स्वार्थ केही तत्वहरु समाजवादी चोईटो तर्फ गएको वताउनुभयो । एमालेवाट चोईटिएर जानेहरु जनतावाट तिरस्कृत हुने अध्यक्ष सिग्देलले वताउनुभयो । पार्टी मुख्य कुरा हो, व्यक्तिको फेरो समातेर वैतरणी नतरिने समेत वहाँले वताउनुभयो । विखण्डन हामीले भोगिसकेका छौ र त्यसको परिणाम पनि भोगिसकेका छौ । कम्युनिष्ट पार्टीहरु एकजुट भएर देश र समाज निर्माणमा लाग्नुपर्ने वताएका थिए । 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रिय सदस्य दधिराज सुवेदी, केन्द्रिय सल्लाहकार समिती सदस्य टुकराज सिग्देल, गण्डकी प्रदेश, सदस्य राम वहादुर गुरुङ्ग, प्रदेश कमिटी सदस्य नारायण खनाल, लगायतका नेताहरुको उपस्थिती रहेको थियो  । पार्टीका सचिव भगवती न्यौपानेले संचालन गरेको कार्यक्रममा जिल्ला पार्टीका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो । 

images
प्रकाशित मिति :भाद्र २१, २०७८ सोमवार - २१:५४:४९ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology