Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

न्वागी पर्व (छोनम)को अवसरमा सार्वजनिक विदा दिन इच्छाकामनाका चेपाङ समुदायको माग, बुझायो ज्ञापनपत्र

न्वागी पर्व (छोनम)को अवसरमा सार्वजनिक विदा दिन इच्छाकामनाका चेपाङ समुदायको माग, बुझायो ज्ञापनपत्र

इच्छाकामना न्युज

२१, भाद्र २०७८
न्वागी पर्व (छोनम)को अवसरमा सार्वजनिक विदा दिन इच्छाकामनाका चेपाङ समुदायको माग, बुझायो ज्ञापनपत्र
images

कुरिनटार, २१ भदौ । नेपाल चेपाङ संघ वागमती कमिटी र इच्छाकामना गाउँ कमिटीले चितवनको इच्छाकामना गाउँपालिकामा  न्वागी पर्व (छोनाम ल्होसारको) दिन भोली (भदौ २२) गते स्थानीय विदा दिन माग गरेका छन् । आज प्रमुख प्रशासकिय अधिकृत रामदत्त भट्टलाई स्थानीय विदाको माग गर्दै माग पत्र बुझाएका छन् ।

images
images

नेपाल चेपाङ संघ वागमती प्रदेशका सचिव लक्षमण चेपाङ, इच्छाकामना इकाइका अध्यक्ष विकास चेपाङ ,सचिव दीपा चेपाङ , सदस्यहरु शुक बहादुर चेपाङ र विर बहादुर चेपाङले आज माग मत्र बुझाएका हुन् । नेपाल चेपाङ संघ वागमती प्रदेशका सचिव लक्ष्मण चेपाङका अनुसार यस इच्छाकामना गाउँपालिकाको कुल जनसंख्या मध्ये ४५ प्रतिशत चोपाङ समुदायको बसोबास रहेका छन् ।

नेपाल सरकारको संघिय व्यवस्थाले स्थानीय तथा क्षेत्रिय भेगहरुमा समुदायको संस्कृतिको महत्वलाई मध्यजनर गरि स्थानीय विदा दिने व्यवस्था भएकाले यस क्षेत्रमा पनि बाहुल्यता रहेकाले चेपाङको राष्ट्रिय पर्व न्वागी (छोनाम ल्होसार)मा विदा दिनुपर्ने माग रहेको बताउनुभयो।

नेपालका सीमान्तकृत आदीवासी जनजाती भित्र पर्ने यस सुमदायको ठूलो चाड न्वागी (छोनाम ल्होसार) हो । यस जातीको आफ्नै मौलिक संस्कृति भेषुभषा, भाषा चाल चलन रहेका छन् । चेपाङ समुदायले हरेक बर्ष भदौ २२ गते न्वाघी (छोनाम ल्होसार) मनाउदै आएका छन् ।

images
प्रकाशित मिति :भाद्र २१, २०७८ सोमवार - २१:१०:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology