Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनको भरतपुरमा पनि विजुलीको तार भुमिगत गरिने, टाटा कम्पनीलाई जिम्मा

चितवनको भरतपुरमा पनि विजुलीको तार भुमिगत गरिने, टाटा कम्पनीलाई जिम्मा

images

इच्छाकामना न्युज

२०, भाद्र २०७८
चितवनको भरतपुरमा पनि विजुलीको तार भुमिगत गरिने, टाटा कम्पनीलाई जिम्मा
images

चितवन, २० भदौं । भरतपुरको विद्युत् वितरण लाइन भूमिगत हुने भएको छ । त्यसका लागि नेपाल विद्युत् प्राधिकरणले ठेकदार कम्पनी छनोट गरेको छ । दुई चरणमा काठमाडौं उपत्यकामा विद्युत् वितरण लाइन भूमिगत गर्न ठेक्का लगाइसकेको प्राधिकरणले तेस्रो चरणमा भरतपुर र पोखरामा पनि ठेक्का लगाउन लागेको हो ।

भरतपुरमा तार बिछ्याउने जिम्मा भारतको टाटा प्रोजेक्ट्स लिमिटेडले पाउने भएको छ । कम्पनीले २ अर्ब ५० करोड ३३ लाखमा ठेक्का पाउन लागेको जानकारी प्राधिकरणले दिएको छ । दुई वर्षभित्र काम सक्ने गरी प्राधिकरणले टाटासँग खरिद सम्झौता गर्नेछ । कम्पनीले भूमिगत वितरण लाइनको डिजाइन, आपूर्ति, जडान र किमिसनिङसम्मको कामका लायि यस्तो ठेक्का पाएको हो ।

भरतपुरमा ३३ केभीको ९ सर्किट किलोमिटर, ११ केभीको ७५ सर्किट किलोमिटर,४०० केभीको ७० सर्किट किलोमिटर र २८ किलोमिटर अप्टिकल फाइबर भूमिगत गर्न ठेक्का लागेको हो ।

images
प्रकाशित मिति :भाद्र २०, २०७८ आइतवार - २१:३०:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology