Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तनहुँको शुक्लागण्डकीका १० जना जनप्रतिनिधिले एमाले छोडर नेकपा एकिकृत समाजवादी पार्टी रोजे

तनहुँको शुक्लागण्डकीका १० जना जनप्रतिनिधिले एमाले छोडर नेकपा एकिकृत समाजवादी पार्टी रोजे

images

इच्छाकामना न्युज

२०, भाद्र २०७८
तनहुँको शुक्लागण्डकीका १० जना जनप्रतिनिधिले एमाले छोडर नेकपा एकिकृत समाजवादी पार्टी रोजे
images

तनहुँ, २० भदौ । तनहुँको शुक्लागण्डकी नगरपालिकाका दश जना प्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार शुक्लागण्डकी नगरपालिकाका चार वडाध्यक्ष सहित दश जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका हुन् ।

निर्वाचन अधिकारी हरिप्रसाद ढकालले चार जना वडाध्यक्ष, एक जना दलित सदस्य र पाँच जना सदस्यले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेको जानकारी दिए । निर्वाचन कार्यालयले भदौ २२ सम्म सनाखतको समय दिएको छ ।

शुक्लागण्डकी नगरपालिका-३ का अध्यक्ष रामकुमार श्रेष्ठ, ५ का वडाध्यक्ष दीर्घबहादुर थापा, ७ का वडाध्यक्ष रामजी क्षेत्री र ११ का वडाध्यक्ष दलबहादुर थापाले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन्।

images
प्रकाशित मिति :भाद्र २०, २०७८ आइतवार - २०:५३:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology