Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेकपा एकिकृत समाजवादी पार्टीको कार्यालय गोरखामा स्थापना, जिल्ला सचिवालयको नामावली पनि आजै सार्वजनिक

नेकपा एकिकृत समाजवादी पार्टीको कार्यालय गोरखामा स्थापना, जिल्ला सचिवालयको नामावली पनि आजै सार्वजनिक

images

इच्छाकामना न्युज

१९, भाद्र २०७८
नेकपा एकिकृत समाजवादी पार्टीको कार्यालय गोरखामा स्थापना, जिल्ला सचिवालयको नामावली पनि आजै सार्वजनिक
images

गोरखा १९, भदौं । गोरखामा नेकपा एमालेसंग औपचारिक रुपमा छुट्टीएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) आज कार्यालय स्थापना गरेको छ । गोरखा नगरपालिका ८ को प्रतिक्षालय चोकमा एकिकृत समाजबादीले जिल्ला पार्टी कार्यालय स्थापना गरेको जिल्ला अध्यक्ष यादव बस्नेतले जानकारी दिनुभयो ।

कार्यालय स्थापना गरे संगै अब संगठन निर्माणको काम तिव्र पार्ने उहाँको भनाई छ । पार्टीले आज नै ३५ सदस्सीय जिल्ला पार्टी सचिवालयको नामावली समेत सार्वजनिक गरेको छ । कार्यालय स्थापना संगै सचिवालय सदस्यहरुमा ३५ जनालाई चयन गरिएको अध्यक्ष बस्नेतले जानकारी बताउनुभयो । पार्टीको विभिन्न तहमा छलफल गरेर ३५ जनाको नाम चयन गरिएको नेकपा एकिकृत समाजबादीले जनाएको छ ।

को–को परे एकिकृत समाजबादी पार्टी गोरखाको जिल्ला पार्टी सचिवालयमा यो हेर्नुहोस !
अध्यक्षः यादवबहादुर बस्नेत 
उपाध्यक्षः टेकराज भट्ट
सचिवः सानुमायाँ बस्नेत
उप–सचिवः नारायणध्वज खड्का
सचिवालय सदस्यहरुः कृष्णमान श्रेष्ठ, द्रोण तिमिल्सिना, अर्मत काराखेती, सिताराम बुढाथोकी, कल्पना कुँवर, प्रदिप सिं क्षेत्री, आर नेपाली, ईश्वरी भट्ट, उदय शिंखडा, पदम राना, दलबहादुर भट्ट, रामबहादुर रम्तेल, सुवास देवकोटा, उत्तम पन्त, भीम बोगटी, चित्रबहादुर केसी, सुरेश अंगाई, सुनिल लामिछाने, कबिता अर्याल, भोला श्रेष्ठ, रज्मदिन मियाँ, प्रेमराज कट्टेल, टंक सारु, साने गुरुङ, कपिल घले, पार्वती थापामगर, कल्पना नेपाली, कमल बोगटी, रेखा लोप्चाङ र शुष्मा कट्टेल

images
प्रकाशित मिति :भाद्र १९, २०७८ शनिवार - २१:०६:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology