Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आँबुखैरेनीमा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न, आँबुखैरेनीमा पार्टी फुटको प्रभाव शुन्य भएको दावी

आँबुखैरेनीमा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न, आँबुखैरेनीमा पार्टी फुटको प्रभाव शुन्य भएको दावी

images

इच्छाकामना न्युज

१९, भाद्र २०७८
आँबुखैरेनीमा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न, आँबुखैरेनीमा पार्टी फुटको प्रभाव शुन्य भएको दावी
images

आँबुखैरेनी, १९ भदौ । तनहुँको आँबुखैरेनीमा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। नेकपा एमाले पार्टी विभाजन भई नेकपा एकृकित समाजवादी पार्टी गठन भएसँगै आज आँबुखैरेनीमा नेकपा एमालेले अगुवा कार्यकर्ता भेला आयोजना गरि सम्पन्न गरेको हो। 

मनकामना माई पार्टी प्यालेसको सभाहलमा सम्पन्न भेलालाई सम्बोन्धन गर्ने क्रममा एमालेका अधिंकाश स्थानीय कार्यकर्ताहरुले नेकपा एसको प्रभाव आँबुखैरेनीमा शुन्य रहेको दावी गरेका थिए। भेलामा सम्बोन्धनको क्रममा एमालेबाट निर्वाचित वडा नं. ३ का वडाध्यक्ष पूर्ण बहादुर आलेले आँबुखैरेनीमा एमालेबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधीहरु नेकपा एमालेमा नै रहेको बताए। ‘हामी एमालेबाट निर्वाचित ११ जना निर्वाचित जनप्रतिनिधीहरु एमालेमै रहन्छौ, कोही पनि दायाँबाया लाग्दैनौ’ –उनले भने। 

baner.jpg

यस्तै सम्बोन्धनकै क्रममा नेकपा एमाले आँबुखैरेनीका अध्यक्ष मीना अधिकारीले पनि आँबुखैरेनीका साविक एमाले कार्यकर्ताहरु अधिकांश एमालेमै रहेको दावी गरेकी छिन्। ‘केहि नगन्य समर्थकहरु नेकपा एसमा गए होलान् तर अधिकांश अगुवा कार्यकर्ता कोही पनि गएको छैन, आँबुखैरेनीमा एमाले पार्टी एकढिक्का छ’ –उनले भनिन्। 

यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य एक बहादुर रानाको प्रमुख आतिथ्य एवं नेकपा एमालेका गण्डकी प्रदेश सदस्य, तनहुँ जिल्ला अध्यक्ष एवं तनहुँ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य केदार सिग्देल, तनहुँ जिल्ला पार्टी सचिव एवं राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने र गण्डकी प्रदेश सदस्य कृष्ण देवकोटाको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने अधिंकाश प्रमुख वक्ताहरुले पार्टी विभाजनको पक्षमा नलाग्न कार्यकर्ताहरुलाई सम्झाएका थिए।

सम्बोन्धनकै क्रममा पार्टी नेतृत्वमा रहदाँ सरकारले गरेका राम्रा कामहरुको जानकारी जनता माझ लगी आगामी स्थानीय, प्रदेश र संघको निर्वाचनमा पार्टीलाई विजयी गराउन लागि पर्न निर्देशन दिएका थिए। कार्यक्रममा अधिकांश साविक एमालेका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन सचिव बेल बहादुर गुरुङले गरेका थिए। 

images
प्रकाशित मिति :भाद्र १९, २०७८ शनिवार - १९:४५:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology