तनहुँ, १९ भदौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र तनहुँले तनहुँका सबै पालिकामा नेतृत्वको टुङ्गो लगाएको छ। शुक्रबार दमौलीमा बसेको पार्टीको बैठकले तनहुँका १० वटै पालिकामा नेतृत्वको टुङ्गो लगाएको हो। जस अनुसार माओवादी केन्द्र आँबुखैरेनको अध्यक्षमा प्रेम गुरुङ र सचिवमा गंगाधर कोइरालालाई सिफारिश गरेको छ।
यस्तै देवघाट अध्यक्षमा भुवन सिं गुरुङ र सचिवमा होम बहादुर भारती, बन्दिपुर अध्यक्षमा विद्या क्षेत्री र सचिवमा जीवन कायस्थ, भानु अध्यक्षमा सीताराम अधिकारी र सचिवमा दुर्गाबहादुर रावत, व्यास अध्यक्षमा रामचन्द्र सापकोटा र सचिवमा बसन्त दरै, ऋषिङ अध्यक्षमा बीरबहादुर थापा र सचिवमा डम्बर विक, घिरिङ अध्यक्षमा चुननारायण श्रेष्ठ र सचिवमा डम्बर थापा, भिमाद अध्यक्षमा रामबहादुर थापा र सचिवमा अमृत सिग्देल, शुक्लागण्डकी अध्यक्षमा परशुराम भण्डारी र सचिवमा मनराज गुरुङ, म्याग्दे अध्यक्षमा दिलबहादुर नेपाली र सचिवमा बालकृष्ण श्रेष्ठ सिफारिस भएका छन्।
माओवदी केन्द्र तनहुँका जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य हरि बहादुर चुमान, केन्द्रीय सदस्य आशा कोइराला लगायतको उपस्थितीमा भएको बैठकले तनहुँका पालिकाहरुको अध्यक्ष र सचिवको टुङ्गो लगाई प्रदेश कमिटिमा सिफारिस गरेको हो।