Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

हतियार चोरीको झुटो आरोपमा साढे दुई वर्षदेखि जेल जिवन बिताई रहेका दुई निर्दोष सैनिक रिहा

हतियार चोरीको झुटो आरोपमा साढे दुई वर्षदेखि जेल जिवन बिताई रहेका दुई निर्दोष सैनिक रिहा

इच्छाकामना न्युज

१८, भाद्र २०७८
हतियार चोरीको झुटो आरोपमा साढे दुई वर्षदेखि जेल जिवन बिताई रहेका दुई निर्दोष सैनिक रिहा

चितवन, १८ भदौ ।  साढे दुई वर्षदेखि जेलमा राखिएका दुई निर्दोष सैनिक रिहा भएका छन् । सर्ट मेसिन गन (एसएमजी) चोरीको झुठो अभियोगमा जेल सजाय काटिरहेका सैनिक अमल्दार लबकुमार गुरुङ र सिपाही सरोज तामाङलाई निर्दोष ठहर गर्दै सैनिक विशेष अदालतले रिहा गर्न आदेश दिएसँगै उनीहरु रिहा भएका हुन् ।

images

सैनिक विशेष अदालतको पाटन उच्च अदालतका न्यायाधीश सैनिक विशेष अदालतका अध्यक्ष लोहितचन्द्र शाह, नेपाली सेनाका कानुन विभाग प्रमुख उपरथी रत्नप्रकाश थापा र रक्षासचिव बेगेन्द्रराज शर्माको बिहीबार बसेको संयुक्त इजलासले उनीहरुलाई रिहा गर्न आदेश दिएको थियो।

सैनिक विशेष अदालतको आदेशअनुसार पत्र चितवन जिल्ला कारागारमा पठाएपछि उनीहरु रिहा भएका हुन्।

images
प्रकाशित मिति :भाद्र १८, २०७८ शुक्रवार - २०:४९:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology