Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चेपाङ भाषा वर्णमाला प्रर्वद्धनको लागि धादिङको गजुरीमा प्रशिक्षण सुरु

चेपाङ भाषा वर्णमाला प्रर्वद्धनको लागि धादिङको गजुरीमा प्रशिक्षण सुरु

images

इच्छाकामना न्युज

१८, भाद्र २०७८
चेपाङ भाषा वर्णमाला प्रर्वद्धनको लागि धादिङको गजुरीमा प्रशिक्षण सुरु
images

धादिङ, १८ भदौ ।  धादिङको गजुरीमा चेपाङ भाषा वर्णमाला प्रर्वद्धन तालिम सुरु भएको छ । नेपाल चेपाङ संघको आयोजनामा हिमाली आदिवासी जनजाती समुदाय संस्थाको आर्थिक सहयोगमा सुरु भएको तालिमको अध्यक्षता भिम बहादुर चेपाङले गर्नुभएको थियो ।

241331943_1571117996573307_7074167846946290751_n.jpg

यस्तै नेपाल चेपाङ संघको केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङको प्रमुख आतिथ्यता, चेपाङ संघका केन्द्रीय सदस्य सन्त बहादुर चेपाङ, हिमाली आदिवासी जनजाती समुदाय संस्थाका भाषा प्रर्वद्धन प्रतिनिधि छिरिङ पाशाङ भोटे लगायतको आतिथ्यता रहेको थियो ।

धादिङ, चितवन, गोरखा र मकवानपुरका विभिन्न स्थानमा चेपाङ भाषा तालिम सञ्चालन भैरहेको चेपाङ अगुवा तिलक चेपाङले जानकारी दिनुभयो । हाल नेपालमा मातृभाषाको रुपमा ६८ प्रतिशत चेपाङहरुले चेपाङ भाषा प्रयोग गर्ने तथ्याङ्क रहेको छ ।

241262031_1571117886573318_7462327759596494915_n.jpg

उक्त तालिममा चेपाङ छात्राबासका किशोर किशोरी, शिक्षक र अभिभावकहरुको सहभागिता रहेको छ । शनिबार समापन हुने तालिममा तिलक चेपाङ, आइतसिं चेपाङले प्रशिक्षण गराउनुहुने छ ।

images
प्रकाशित मिति :भाद्र १८, २०७८ शुक्रवार - १९:५३:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology