सत्रसय, १८ भदौ । तनहुँ जिल्लाभर आज नेपाली कांग्रेसको १४ औं वडाअधिवेशन चलिरहेको छ। वडाअधिवेशनकै क्रममा आँबुखैरेनीका अधिकांश वडाहरुमा सर्वसम्मत वडा कमिटी चयन भैरहदाँ वडा नं. १ मा भने वडासभापति पदमा २ जनाको उम्मेद्वारी परेपछि निर्वाचन भएको छ।
आँबुखैरेनी १ वडासभापति पदका लागि किसान थापा र दिपक विश्वकर्मा दुवै जनाले उम्मेद्वारी दर्ता गरेपछि सहमति हुन नसक्दा निर्वाचन भएको हो। यो समाचार तयार पार्दासम्म निर्वाचन भएर मतगणना भैरहेको नेपाली कांग्रेस आँबुखैरेनीका सचिव विष्णु पन्थले जानकारी दिए। निर्वाचनको मतपरिणाम केहिबेरमा सार्वजनिक हुनेछ।