Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनमा यस वर्ष अत्याधिक पानी पर्‍यो, पछिल्लो २४ घण्टामा १२७ मिलिमिटर पानी

चितवनमा यस वर्ष अत्याधिक पानी पर्‍यो, पछिल्लो २४ घण्टामा १२७ मिलिमिटर पानी

images

इच्छाकामना न्युज

१३, भाद्र २०७८
चितवनमा यस वर्ष अत्याधिक पानी पर्‍यो, पछिल्लो २४ घण्टामा १२७ मिलिमिटर पानी
images

चितवन, १३ भदौं । चितवनमा परेको भारी वर्षाको कारण जनजीवन प्रभावित भएको छ ।

चितवनका सरकारी कार्यालयहरुमा सेवाग्राहीको उपस्थिति पानीको कारणले निकै कम थियो भने मुख्य बजारी क्षेत्रमा मानिसको आवागमन निकै घटेको थियो । रत्ननगर, भण्डारा, टाँडी, नारायणगढ, माडीको बसन्तपुर, पश्चिम चितवनको चनौली, मुग्लिनलगायतका बजारी क्षेत्रमा धेरै कम मानिस सडकमा देखिए । पहाडी क्षेत्रमा परेको पानीले नारायणी नदीमा बहाब बढेको छ भने गैँडाकोट क्षेत्र पनि जलमग्न भएको छ ।

देशभरको तथ्यांकलाई विश्लेषण गर्दा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कपिलवस्तुमा १८२ मिलिमिटर पानी परेको छ । चितवनमा १२७, पाल्पामा १२४ र नवलपरासीमा ११५ मिलिमिटर पानी परेको छ ।

चितवनमा कपिलवस्तु पछि नेपालमै धेरै पानी परेको जल तथा मौसम विभागले जनाएको छ । चितवनमा अहिलेसम्म कुनै मानवीय क्षति भएको समाचार भने आएको छैन । भरतपुरबाट माडी जाने बाटो खोलामा बाढी आउँदा अवरुद्ध छ भने बुटवल जाने सडक पनि थुम्सी खोलामा डाइभर्सन भत्कदा अवरुद्ध छ ।

मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी नै वर्षा हुने आँकलन गरेको थियो । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मंगलबारबाट भने मौसम विस्तारै खुल्दै जाने जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र १३, २०७८ आइतवार - २१:०१:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology