Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनमा एक युवकको रहस्यमय मृत्यु, साथीहरुले नै हत्या गरेको आफन्तको दावी

चितवनमा एक युवकको रहस्यमय मृत्यु, साथीहरुले नै हत्या गरेको आफन्तको दावी

images

इच्छाकामना न्युज

१३, भाद्र २०७८
चितवनमा एक युवकको रहस्यमय  मृत्यु, साथीहरुले नै हत्या गरेको आफन्तको दावी
images

चितवन, १३ भदौ चितवनमा एक युवकको रहस्यमय मृत्यु भएको छ । पूर्वीचितवनको रत्ननगर नगरपालिका–१४, पारिजात चोक बस्ने १८ वर्षीय अंकुर अधिकारीको भदौ ९ गते रहस्यमय ढंगले मृत्यु भएको हो । जन्मदिन मनाउन भन्दै साथीहरुले नै अंकुरलाई मोटरसाइकलमा राखेर लगेका थिए ।

९ जनाको समूहका रहेका उनीहरु राप्ती नगरपालिका–४ स्थित मार्ताल खोलामा पौडी खेल्न पुगेका थिए । बेलुकासम्म छोरो नफर्किएपछि आफन्तहरुले रातिदेखि नै खोजी गरेका थिए । अन्ततः अंकुरको शव घटनास्थल भन्दा २ किलोमिटर पर खोला छेउमा भेटिएको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा कसैले मारेर फालेको देखिने पीडित परिवारले जनाएको छ ।

मृतकका मामा ललित तामाङले भाञ्जासंगै गएका साथीहरुले नै हत्या गरेर फालेको आरोप लगाए । तामाङले भने–‘शव हेर्दा टाउँमा २/३ ठाउँमा पिटेर घाउ बनाएको जस्तो, घाटी भन्दा माथि मात्रै चोटपटक देखिन्छ, शरीरको अन्य भागमा केही छैन ।’ उनले साथीहरुले नै टाउकोमा पिटेर मरेपछि खोलामा फालेको हुन सक्ने भन्दै निश्पक्ष छानविनको माग गरे ।

उनका अनुसार अंकुरसंगै गएका साथीहरुले खोलामा डुबेर मृत्यु भएको दावी गरेका छन् । ‘अंकुरलाई पौडी खेल्न नआएपछि खोला छेउमै बसेको तर कुन समयमा उनी बेपत्ता भए भन्ने बारे कसैलाई थाहा नभएको बयान दिएछन्’ तामाङले भने ‘करिव ६० जना भन्दा बढी खोलामा पौडी खेलीरहेको ठाउँमा एउटा व्यक्ति डुब्नै लाग्दा कसैले थाहा नपाउनु भन्नु नै घटना रहस्यमय छ ।’

टाउकोमा गम्भिर प्रकृतिको चोट देखिनु तर शरीरको अन्य भागमा सामान्य अवस्था देखिनुले थप रहस्य देखिएको उनको भनाई छ । साथीहरुका अनुसार अंकुरम पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् । तर डुबेर मृत्यु हुने व्यक्तिहरुमा पेटभित्र पानी देखिने र बगेर मृत्यु हुने मानिसको शरीरमा अन्य चोटपटक देखिने अवस्थामा अंकुरमा त्यो अवस्था नदेखिएकोले शंकास्पद देखिन्छ ।

घटनापछि चितवन प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले अंकुरसंगै गएका साथीहरुलाई बोलाएर सोधुपछ गरेको छ । घटना रहस्यमय भएकाले अनुसन्धान प्रक्रियालाई अगाडि बढाउँदै लगेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) नरहरि अधिकारीले जानकारी दिए ।

‘संगै गएका साथीहरुलाई सोधुपछ गरेका छौं, घटनाको अनुसन्धान जारी छ’ डिएसपी अधिकारीले भने । उनले पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले अनुसन्धान पश्चात घटना विवरण सार्वजनिक गरिने बताए । भदौ १० गते शव भेटिएपछि भरतपुर अस्पतालमा पोस्टमार्टम गरिएको थियो ।

 

images
प्रकाशित मिति :भाद्र १३, २०७८ आइतवार - २०:५८:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology