Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तनहुँका पत्रकार नारायण खड्का र अमरराज नहर्कीलाई युवा पत्रकारिता पुरस्कार प्रदान गरिने

तनहुँका पत्रकार नारायण खड्का र अमरराज नहर्कीलाई युवा पत्रकारिता पुरस्कार प्रदान गरिने

images

इच्छाकामना न्युज

१३, भाद्र २०७८
तनहुँका पत्रकार नारायण खड्का र अमरराज नहर्कीलाई युवा पत्रकारिता पुरस्कार प्रदान गरिने
images

तनहुँ, १३ भदौ । तनहुँ हङकङ समाजद्वारा प्रदान गरिने ‘युवा पत्रकारिता पुरस्कार २०७८’का लागि जिल्लाका दुई क्रियाशील पत्रकारलाई सिफारिस गर्ने निर्णय गरिएको छ ।

नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा आइतबार मिडिया भिलेज दमौलीमा बसेको बैठकले उक्त पुरस्कारका लागि पत्रकारद्वय अमरराज नहर्की र नारायण खड्कालाई सिफारिस गरेको महासंघले जनाएको छ ।

उक्त पुरस्कार समाजले स्थापना दिवस यही भदौ १५ गते (अगष्ट ३१ तारिख)मा प्रदान गर्ने जनाएको छ । पत्रकार नहर्की गोरखापत्रको तनहुँ संवाददाता र पत्रकार खड्का सगरमाथा टेलिभिजनको तनहुँ संवाददाता तथा भञ्ज्याङ दैनिकमा क्रियाशिल छन् । पत्रकारद्वय नहर्की र खड्काले समाजद्वारा गरिएको सामाजिक सेवाको समाचार संप्रेषण गरी योगदान पु¥याएकाले पुरस्कारका लागि पत्रकार महासंघबाट सिफारिस गरिएको महासंघले जनाएको छ ।

जिल्लाका क्रियाशील पत्रकारहरुको व्यास नगरपालिकाको कार्यालय दमौलीले आरोग्य बिमा गरी सहयोग गरेकोप्रति पत्रकार महासंघ तनहुँले धन्यवाद ज्ञापन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

त्यस्तै व्यास नगरपालिकाले व्यास नगर विकास पत्रकारिता पुरस्कार निवर्तमान अध्यक्ष ओमकार आचार्यलाई पुरस्कृत गरेकोमा पत्रकार महासंघ तनहुँले आभार तथा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

त्यस्तै पत्रकार महासंघ तनहुँले पत्रकार दिवाकर भण्डारीकी धर्मपत्नी एवं सञ्चारकर्मी सुनिता डोटेल भण्डारीको उपचारार्थ संकलित ५० हजार रुपैयाँ रकम हस्तान्तरण गरिएको छ ।

पत्रकार महासंघका साधारण सदस्य सूर्यभक्त पौडेलकी धर्मपत्नी एवं पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलकी भाउजु अप्सरा भण्डारी पौडेलको असामयिक निधनमा शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको महासंघले उल्लेख गरेको छ ।

images
प्रकाशित मिति :भाद्र १३, २०७८ आइतवार - १९:४५:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology