Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

ज्यान मुद्दामा जेलमा रहेको श्रीमान् छुटाइदिने आश्वासन दिँदै बलात्कार, बच्चा जन्मेपछि आरोपित युवक फरार

ज्यान मुद्दामा जेलमा रहेको श्रीमान् छुटाइदिने आश्वासन दिँदै बलात्कार, बच्चा जन्मेपछि आरोपित युवक फरार

images

पत्रपत्रिका

१३, भाद्र २०७८
ज्यान मुद्दामा जेलमा रहेको श्रीमान् छुटाइदिने आश्वासन दिँदै बलात्कार, बच्चा जन्मेपछि आरोपित युवक फरार
images

भरतपुर, १३ भदौ । कर्तव्य ज्यान मुद्दामा श्रीमान् जेलमा छन् । गाउँकै काका पर्ने व्यक्तिलाई मारेको आरोप उनीमाथि छ । श्रीमान् जेलपरेपछि श्रीमती कसरी हुन्छ उनलाई छुटाउन लागि परिन् । घरको कमाउने र पालनपोषण गर्ने मुख्य व्यक्ति नै श्रीमान् थिए ।

श्रीमानलाई कसरी छुटाउने होला भन्ने चिन्ता उनमा थियो । उनको चिन्ताअनुसार नै गाउँका एक युवक उनको लागि शुभचिन्तकजस्तो बनेर देखा परे । विकट गाउँकी चेपाङ समुदायकी ती गरिब महिलाका अगाडि न्याय दिलाइ दिने आश्वासन दिए ।

गाउँकै मान्छेले श्रीमानलाई जेलबाट छुटाइदिने भनेपछि उसकै साथ लागेर भरतपुर आइन् । आफ्नो श्रीमान छुट्ने भनेपछि उनले निकै विश्वास गरिन् । तर विश्वासको फाइदा उठाउँदै ती युवाले महिलालाई नारायणगढको कुनै एक होटलमा बलात्कार गरे । श्रीमान् छुटाउने जिम्मा लिएका ती पुरूषले गरेको नाजायज क्रियाकलापविरूद्ध उनी बोल्न सकिनन् । उनले आफू बलात्कृत हुँदासमेत प्रतिकार गरिनन् । ‘जेलमा रहेको श्रीमान् जेलबाट छुट्छन् भन्ने आशमा आफू बलात्कृत हुँदा पनि केही गर्न सकिनँ, ती महिलाले भनिन् ।

बेलाबेलामा श्रीमान् भेट्न उनी तीनै युवाको साथमा आउँथिन् । श्रीमानसँग उनको भेटघाट हुन्थ्यो, ती युवाबाट छुटाउने आश्वासन पनि पाएकी थिइन् । तर बलात्कार पीडित बनेकी ती महिलाले बच्चा जन्माइन् । चार वर्षदेखि श्रीमान जेलमै छन्, तर श्रीमतीले बच्चा जन्माएपछि गाउँमा हल्लाखल्ला भयो । उनले विस्तारै आफ्ना कुराहरु सार्वजनिक गरिन् । आरोप लागेका ती पुरूष गाउँ छाडेर भागे ।

नवजात शिशुसहित महिला न्यायको लागि जिल्ला प्रहरी कार्यालय भरतपुर आइन् । जबरजस्ती करणी भएको उल्लेख गरी जाहेरी दिइन् । प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ । चितवन प्रहरी महिला सेलका अनुसार आरोप लागेका युवाको खोजी भइरहेको छ । ‘पीडितले हामीकहाँ जाहेरी दिएकी छन्, हामीले फरार रहेका भनिएको व्यक्तिको खोजी थालेका छौँ, चितवन प्रहरी प्रवक्ता डिएसपी सूर्य थापाले भने ।

हाल जेलमा रहेका श्रीमानतर्फ पनि एक छोरा रहेको पाइएको छ । झाँक्री काम गर्दै आएका आफ्नै काकालाई श्रीमानसहित गाउँका तीन युवाले घाँटीमा डोरीले कसेर मारेको भनी अदालतबाट दोषी ठहर भई उनीहरु भरतपुर कारागारमा छन् । चितवनपोष्ट दैनिकबाट

images
प्रकाशित मिति :भाद्र १३, २०७८ आइतवार - ०७:४३:४९ बजे

पत्रपत्रिका

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology