तनहुँ, १२ भदौ । नेकपा एकिकृत समाजबादीको ऋषिङ गाउँ कमिटिको प्रथम भेला शनिबार सम्पन्न भएको छ । हालै गठन भएको सो पार्टीले ऋषिङबाट संगठन निर्माण अभियान सुरु गरेको छ । भेलालाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजबादीका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले कम्युनिष्ट आन्दोलनमा पुनर्गठन आवश्यक भएकोले पार्टी गठन गर्नु परेको बताउनु भयो ।
केपी ओली नेतृत्वको एमालेले संविधान विपरित पटक पटक संसद विघटन गरेको र पार्टीमा ठुलो योगदान दिएका नेताहरुलाई अपमान गरेकै कारण एमालेमा ठुलो बिद्रोह भएको बताउनु भयो । श्रेष्ठले कम्युनिष्ट आन्दोलनमा गलत नीति र व्यवहारको विरुद्ध पुष्पलालको पाला देखी नै बिद्रोह हुँदै आएको र अहिले अहंकारबाद विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको पक्षमा कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्दै समाजबाद स्थापानाकोलागि बिद्रोह गरिएको बताउनु भयो ।
ऋषिङ गाउँ कमिटिका संयोजक भुपाल थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एकिकृत समाजबादीका केन्द्रीय सदस्य रेखा थापा बस्याल, प्रदेश सदस्य चित्र थापा, जिल्ला सचिव श्रीराम कार्की, जिल्ला सदस्यहरु माधवबहादुर पन्त, गजेन्द्र पन्त, कला पुन लगायतले मन्तव्य राख्नु भएको थियो ।
सो भेलाले भुपाल थापाको अध्यक्षतामा ५१ सदस्सीय गाउँ कमिटि गठन गरेको छ । यस अघि नेकपा एमालेमा हुँदा गठन गरिएको समानान्तर कमिटिलाई नै नेकपा एकिकृत समाजबादीको कमिटिमा रुपान्तरण गरिएको छ । अमृत थापाले सन्चालन गरेको सो कार्यक्रममा विष्णु पराजुलीले स्वागत मन्तव्य राखेका थिए ।
नेकपा एकिकृत समाजबादीले अव क्रमशः तनहूँका सबै स्थानीय तहमा पनि भेला र संगठन निर्माण गरि जिल्ला भेलाको तयारी गरेको छ ।