Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

कांग्रेस पार्टी एकढिक्का नभए चुनाव जित्न सक्दैनः शंकर भण्डारी

कांग्रेस पार्टी एकढिक्का नभए चुनाव जित्न सक्दैनः शंकर भण्डारी

इच्छाकामना न्युज

१२, भाद्र २०७८
कांग्रेस पार्टी एकढिक्का नभए चुनाव जित्न सक्दैनः शंकर भण्डारी

काठमाडौं, १२ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पार्टी एकढिक्का नभएसम्म आगामी चुनाव जित्न नसकिने बताएका छन् ।

images

कांग्रेस शुक्लागण्डकी नगरपालिका–५ मा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री भण्डारीले आगामी चुनावमा पार्टी एक ढिक्का हुनुपर्नेमा जोड दिए ।

विगतमा जस्तो अवस्था अब हुन नहुने भन्दै उनले चुनावमा सबै सिट जित्नका लागि कांग्रेस कार्यकर्ता सक्रिय हुनुपर्ने सुनाए ।

भण्डारीले जिल्लामा कुनै नेतासँग नजिक रहेकाहरुलाई वाइपास गर्न खोजिएको भन्दै सबैलाई सङ्गठित गराएर अगाडि बढ्न आग्रह गरे ।

images
प्रकाशित मिति :भाद्र १२, २०७८ शनिवार - २१:४५:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology