Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विद्युत् चोरी शून्यमा झारेपछि चितवनमा विद्युत् चुहावट घट्यो

विद्युत् चोरी शून्यमा झारेपछि चितवनमा विद्युत् चुहावट घट्यो

images

इच्छाकामना न्युज

१२, भाद्र २०७८
विद्युत् चोरी शून्यमा झारेपछि चितवनमा विद्युत् चुहावट घट्यो
images

चितवन, १२ भदौं । प्रविधिमा सुधार गर्दै चोरीलाई नियन्त्रण गरेपछि चितवनको विद्युत् चुहावट कम हुँदै गएको छ । चितवनका तीन विधुत् वितरण केन्द्र भरतपुर, चनौली र टाँडी वितरण केन्द्रमा चुहावट घट्दै गएको पाइएको हो ।

नेपाल विद्युत् प्राधिकरण प्रदेश डिभिजन कार्यालय हेटौँडाले उपलब्ध गराएको तथ्यांक अनुसार चितवनको टाँडी विद्युत् वितरण केन्द्रको विद्युत् चुहावट १२.७७ प्रतिशतमा झरेको छ । सो केन्द्रमा आव ०७६/०७७ मा १६.५३ प्रतिशत चुहावट भएको थियो । टाँडीको चुहावट १२.५० प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । यसैगरी भरतपुर वितरण केन्द्रमा पनि विद्युत् चुहावट दर घटेको छ । गत आव ५.४८ प्रतिशतमा विद्युत् चुहावट झरेको छ।

त्यसैगरी चितवनकै चनौली विद्युत् वितरण केन्द्रमा पनि विद्युत् चुहावट कम भएको बताइएको छ । अघिल्लो आव २०७६/०७७ मा १६.३६ प्रतिशत चुहावट रहेकामा गत वर्ष १४.५१ प्रतिशतमा पुगेको छ । त्यहाँको विद्युत् चुहावट १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ।

विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिवकुमार सिंहले प्रविधिमा अपग्रेड हुँदै गएकोले चितवनमा विद्युत् चुहावटमा कमी आउँदै गएको बताए । उनले भने, ‘ चितवनमा प्राधिकरणले नागरिकको माग अनुसार बिजुली उपलब्ध गराएको छ । हामीले मसिनो तारलाई हटाएर मोटो तार प्रयोग गर्दै प्रविधिमा अपग्रेड गर्दै गएका छौं । विद्युत् चोरीलाई शून्यमा झारेकोले पनि चुहावट नियन्त्रणमा सफलता मिल्दै गएको छ ।’

वाग्मती प्रदेशमा आर्थिक वर्ष २०७६/०७७ मा कार्यालयअन्तर्गत डिभिजन कार्यालयको विद्युत् चुहावट ८.०८ प्रतिशत रहेकामा गत आव २०७७/०७८ मा ७.७२ प्रतिशतमा झरेको छ । कार्यालयले लिएको ६.३७ प्रतिशत चुहावट कम गर्ने लक्ष्य भने हासिल हुन सकेन ।

images
प्रकाशित मिति :भाद्र १२, २०७८ शनिवार - १९:२५:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology