Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

ओली सरकारको मुल्यांकन जनताले गरेका छन्ः सासंद सिग्देल

ओली सरकारको मुल्यांकन जनताले गरेका छन्ः सासंद सिग्देल

बि.बि. श्रेष्ठ

१२, भाद्र २०७८
ओली सरकारको मुल्यांकन जनताले गरेका छन्ः सासंद सिग्देल
images

तनहुँ, १२ भदौ । तनहँु क्षेत्र नं २ का प्रतिनिधीसभा सदस्य एवं नेकपा एमाले तनहुँका अध्यक्ष केदार सिग्देलले ओली सरकारले गरेको कामको मुल्यांकन जनताले गरेको वताउनुभएको छ । ओली सरकारले जनताले गरेको अपेक्षा गरेअनुरुप नै काम गरेको  छ । संघियता कार्यन्यन, देशको राष्ट्रियता, सीमासुरक्षा र विदेशी सँगको वरावरीको सम्वन्धमा ओली सरकारले देशको शिर उँचो वनाएको पनि वहाँले वताउनुभयो । 

images
images

संघियता जारी हुने वेलाम भएको भारतिय हस्तक्षेपको विरुद्ध ओलीले ढृढताका साथ लडेको छ । नेपालको आन्तरिक मामिलामा हुने हस्तक्षेपमा ओली सरकारले औला ठड्याएको छ । जसले गर्दा भारतले नेपालसँग समान सम्वन्ध कायम गर्न वाध्य वनेको छ । सीमा सुरक्षा होस, वा लिपुलेक कालापानीमा भारतलाई झुक्न वाध्य पारेको छ ।

240777248_334235498399637_2713087964284115190_n.jpg

नक्सांकन जारी गरेर नेपालको भौगोलिक अखण्डता जोगाउने काम भएको छ । सांसद सिग्देलले भने । देश र राष्ट्रियताको लागी काम गर्दा गर्दे विदेशी चलखेल र देशभित्रकै देशको भलो नचाहने शक्तिका कारण ओली सरकार विस्थापित हुन परेको हो । यो कुरा जनताले राम्रो सँग मुल्यांकन गरेका छन्, अवको निर्वाचन पछि पुन नेकपा एमाले पहिलो शक्ति हुने र सरकारले पुन नेतृत्व गरि देशका वाकी समस्या समाधान गर्ने पनि कार्यक्रममा सांसद सिग्देलले वताउनुभयो । 

सत्ता र शक्ति प्राविधिक पक्ष हुन् । मुख्य कुरा विचार र दृष्टिकोण हो । यसमा नेकपा एमाले स्पष्ट छ । जनताको समस्या समाधान गर्न, सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्न एमाले अग्रसर छ । पार्टीभित्रको फुट वैचारिक र संैदान्तिक नभई पदिय लोलुपताको कारण भएको समेत वहाँले वताउनुभयो । व्यक्ति नभई विचार र पार्टी महत्वपुर्ण भएको हुदाँ कोही पनि विचलित नभई जनताको काममा लाग्न समेत वहाँले निर्देशन दिनुभयो । यसका लागी सम्पुर्ण जनता र कार्यकर्ता लागेर नेकपा एमालेको अभियानलाई सफल वनाउन समेत वहाँले आग्रह गर्नुभयो । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ व्यास नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्दे वहाँले सो कुरा वताउनुभएको हो । नगर कमिटीका अध्यक्ष कृष्ण न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा, प्रदेश सांसद राम वहादुर गुरुङ्ग, नगर ईन्चार्ज प्रदिपराज अधिकारी, जिल्ला कमिटीका सदस्य रामजी लौडारी, माधवी पण्डित, पुर्व नगर अध्यक्ष विरेन्द्र अधिकारी, नेतृ वसुन्धरा घर्ति लगायतका नेता कार्यकर्ताहरुले समसामयिक विषयमा वोलेका थिए । नगर सचिव निर्मल पण्डितले संचालन गरेको सो कार्यक्रममा व्यास नगर भित्रका अगुवा नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो । 

images
प्रकाशित मिति :भाद्र १२, २०७८ शनिवार - १६:२०:२६ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology