Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुग्लिन–नारायणगढ सडक एकतर्फी मात्रै सञ्चालनमा

मुग्लिन–नारायणगढ सडक एकतर्फी मात्रै सञ्चालनमा

इच्छाकामना न्युज

१२, भाद्र २०७८
मुग्लिन–नारायणगढ सडक एकतर्फी मात्रै सञ्चालनमा
images

चितवन, १२ भदौ । नारायणघाट–मुग्लिन सडक खण्डमा अहिले एकतर्फी रुपमा मात्रै गाडी चलिरहेका छन् । यो सडक खण्डमा पर्ने १७ किलोमा गएराति सडक भासिएकाले एकतर्फी मात्रै गाडी चलिरहेको प्रहरीले जनाएको छ । 

images
images

सडक भासिएको ठाउँभन्दा माथिबाट  सानो  सडकमार्फत अहिले गाडी गुडिरहेका छन् । एकतर्फी मात्रै गाडी चलेकाले १७ किलो आसपासको क्षेत्रमा सामान्य जाम छ । बर्खाको समयमा यो सडक खण्डमा बेलाबेला सडक भासिने र पहिरो जाने समस्याका कारण यात्रु समस्यामा पर्ने गरेका छन् । अहिले सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा पहिरो र बर्दघाटमा नदीले कटान गरेका कारण त्यहाँ हिजोदेखि नै गाडी चलेका छैनन् । यस्तै कर्णाली राजमार्ग अन्तर्गत चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ चिसापानीमा पहिरो खस्दा यी आसपासका क्षेत्रमा पनि गाडी नचलेका प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र १२, २०७८ शनिवार - १०:१३:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology