गोरखा, १२ भदौ । गोर्खाली कमेडीयन सन्तोष थापा कमेडी च्याम्पियन सिजन २’ को उत्कृष्ठ चार भित्र पर्न सफल भएका छन् । पालुङ्टार नगरपालिका वडा नम्बर ६ घर भएका थापा नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो सिजनको उत्कृष्ठ चारमा पुगेका हुन ।
कान्तिपुर टीभीबाट हरेक शुक्रबार र शनिबार प्रशारण हुँदै आएको यो शो हाल उत्कृष्ठ चार सम्म आईपुगेको छ । यो कार्यक्रमको उत्कृष्ठ चार मा पुगेका प्रतिस्पर्धी बिच कडा प्रतिस्पर्धा पनि चलिरहेको छ ।

प्रतिस्पर्धीहरुको भिडमा गोरखाका सन्तोष थापाको प्रस्तुती चर्चामा छ । उनी कार्यक्रमको अडिसन राउन्डबाट नै चर्चामा थिए । उनले शुक्रवार दिएको पानी संम्बन्धी प्रस्तुती निकै उत्कृष्ठ थियो ।
दर्शक, निर्णायक र अथिति कलाकारले उनको प्रस्तुती धेरै रुचाएका थिए । उत्कृष्ठ र तार्किक ब्यंग्यका कारण दर्शकसामु चर्चित रहेका थापाले आगामी यात्राका लागि भोट गरिदिन सबैलाई आह्वान गरेका छन् ।