Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आजदेखि गोरखामा निषेधाज्ञा खुकुलो

आजदेखि गोरखामा निषेधाज्ञा खुकुलो

images

इच्छाकामना न्युज

१२, भाद्र २०७८
आजदेखि गोरखामा निषेधाज्ञा खुकुलो
images

गोरखा, १२ भदौ । गोरखामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा पहिले भन्दा खुकुलो बनाइएको बताए ।

बजार दिउँसो २ बजे सम्म खुल्नेछन् भने रेष्टुरेन्ट साँझ ५ बजे सम्म खुल्नेछ । आजदेखि जोर, बिजोरमा सवारी साधन चल्नेछन् । निजी तथा सार्वजनीक यातायात जोर गतेमा जोर नम्बर भएका र बिजोर गतेमा बिजोर नम्बर भएका सवारी साधन चल्न पाउनेछन् ।

भदौ १ गतेदेखि यातायात बजार पूर्ण रुपमा बन्द भएका थिए । बैंक बित्तिय संस्थापनि खुल्नेछन् । बाणिज्य बैंक भने बन्द रहने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

स्वास्थ्य सुरक्षाको मापदण्ड भने पूर्ण रुपमा पालना गर्न ब्यापारी ब्यवशायी, यातायात ब्यवशायी, सर्वसाधारण सबैलाई प्रशासनले अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :भाद्र १२, २०७८ शनिवार - ०९:०३:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology