Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

धादिङको नेत्रावती डोब्जाङ गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बिच लफडा बढ्यो

धादिङको नेत्रावती डोब्जाङ गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बिच लफडा बढ्यो

images

इच्छाकामना न्युज

१०, भाद्र २०७८
धादिङको नेत्रावती डोब्जाङ गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बिच लफडा बढ्यो
images

धादिङ, १० भाद्र । धादिङको नेत्रावती डवजोङ गाउँपालिकाको अध्यक्ष दुर्गा कुमार शाक्य र प्रमुख प्रशासकीय अधिकृत श्याम कृष्ण पौडेल बीचको लफडाले उघ्र रुप लिन थालेको छ ।

गाउँपलिकाको विकास वजेट सुत्रवद्ध गर्ने सिलसिलामा प्रमुख प्रशासकीय अधिकृत पौडेलले पालिका अध्यक्ष सँग कुनै परामर्श नगरेको र कतिपय वजेट आफु अनुकुल विनियोजन समेत गरेपछि विवाद सुरु भएको बताईएको छ । काठमाडौं स्थित एक होटलमा एमालेका नेताहरुको उपस्थितिमा पालिका अध्यक्ष शाक्यले प्रमुख प्रशासकीय अधिकृत श्याम कृष्ण पौडेललाई बोलाई तथानाम गाली गलौज गरेपछि झण्डै हात हालाहालको स्थिति भएको स्रोतले बतायो ।

कुनै एक ठाउँकै मात्रै सार्वजनिक स्थानमा बनेको टहरा भत्काउने निर्णयमा होस् या महेन्द्र बाराही विद्यालयको जग्गा खरिदको विषयमा होस् या विकास वजेट विनियोजनमा प्रमुख प्रशासकीय अधिकृत पौडेल र पालिका अध्यक्ष शाक्यको एकमत थिएन । पछिल्लो काठमाडौंको विवाद साङ्केतिक मात्रै भएको स्थानीयहरु बताउँछन् ।

नेता पनि आफै, कर्मचारी पनि आफै, वजेट विनियोजन पनि आफै गर्ने गरेपछि त्यसो नगर्न भनेको हुँ । जनप्रतिनीधिलाई छलेर आफु अनुकुल काम गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई नभएकोले आफुले त्यसो नगर्न चेतावनी स्वरुप सम्झाएको अध्यक्ष शाक्य बताउँछन् ।

प्रमुख प्रशासकीय अधिकृत श्याम कृष्ण पौडेलले भने आफुलाई काठमाडौं बोलाएर पालिका अध्यक्ष अपशब्द बोल्नुभयो । त्यसलाई आफुले गम्भीर रुपमा नलिएको बताए । बजेट सल्लाहमै बनेको हो, उहाँले कुनै एउटा क्षेत्रमा मात्रै वजेट हाल्न दवाव दिनुभएको थियो । आफुले सबै क्षेत्रमा हाल्नु पर्ने बताएको हुँ समान्य वादविवाद स्वभाविक भएको उनी बताउँछन् ।

images
प्रकाशित मिति :भाद्र १०, २०७८ बिहिवार - २०:३९:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology