Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भदौ १५ देखि मनकामना केवलकार संचालनमा ल्याउने तयारी हुदै

भदौ १५ देखि मनकामना केवलकार संचालनमा ल्याउने तयारी हुदै

images

इच्छाकामना न्युज

१०, भाद्र २०७८
भदौ १५ देखि मनकामना केवलकार संचालनमा ल्याउने तयारी हुदै
images

गोरखा, १० भदौ । गोरखाको शहीदलखन गाउँपालिकामा पर्ने मनकामना केबलकार भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने तयारी भइरहेको छ ।

आगामी भदौ १५ गतेदेखि केबलकार सञ्चालनका लागि सरोकारवालासँग आवश्यक छलफल समेत भइसकेको प्रालिका नायव प्रबन्धक उज्वल सेरचनले बताए ।

‘साउन ३० गते वडा कार्यालयमा जनप्रतिनिधिसहित सरोकारवालाहरुसँग बैठक बसेका थियौ,’ उनले भने, ‘मन्दिर नखुलेपनि केबलकार सञ्चालन गर्ने कुरामा सबै सहमत हुनुभयो ।’

प्रशासनसँग आवश्यक समन्वयका लागि मनकामना मन्दिर क्षेत्र विकास समितिलाई जिम्मा दिइएको उनले जानकारी दिए । सरकारले लकडाउन नगरेमा भदौ १५ बाट केबलकार सेवा सञ्चालन गर्ने गरी तयारी भइरहेको उनले बताए ।

‘असार महिनादेखि चन्द्रागिरि केवलकार सञ्चालनमा आइसक्यो, सार्वजनिक यातायात लगायतका अन्य क्षेत्रहरु पनि खुलिसके, ११ गतेपछि गोरखाको निषेधाज्ञा पनि केही खुकुलो भैसक्यो, सबै क्षेत्र खुलिसक्यो केबलकार मात्र के बन्द गर्ने भनेर सञ्चालन गर्न लागेका हौ,’ उनले भने ।

images
प्रकाशित मिति :भाद्र १०, २०७८ बिहिवार - २०:३१:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology