Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

माओवादी केन्द्र तनहुँको इन्चार्जको जिम्मेवारी हरि चुमानलाई

माओवादी केन्द्र तनहुँको इन्चार्जको जिम्मेवारी हरि चुमानलाई

images

इच्छाकामना न्युज

९, भाद्र २०७८
माओवादी केन्द्र तनहुँको इन्चार्जको जिम्मेवारी हरि चुमानलाई
images

नहँ : सर्वोच्च अदालतको फैसलापछि पुर्नस्थापित भएको लामो समय लथालिंग अवस्थामा चलेको माओवादी केन्द्रले सांगठनिक संरचनालाई पनि पूर्णता दिएको छ।

हालै सम्पन्न केन्द्रीय कमिटी बैठकपछि भदौ ५ र ६ मा बसेको स्थायी समिति बैठकले जिल्ला समन्वय समितिहरुको इन्चार्ज पनि तोकेको छ।
अध्यक्ष पुष्पकल दाहाल 'प्रचण्ड'ले जारी गरेको परिपत्र अनुसार जिल्ला इन्चार्जमा अधिकांश पुरानै अनुहार दोहोरिएका छन् । धेरै केन्द्रीय सदस्यले पटक-पटक उही जिल्लाको इन्चार्जको भूमिका पाएका छन् ।

संघीय संरचना अनुसार अभ्यास गर्ने क्रममा माओवादीले जिल्ला कमिटी भंग गरेर समन्वय समिति निर्माण गर्ने निर्णय यसअघिको केन्द्रीय समिति बैठकबाट लिएको थियो ।

सोही बमोजिम तनहुँ इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य हरिबहादुर चुमानले पाएका छन् । गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री समेत रहेका चुमान यसअघि पनि सोही जिम्मेवारीमा थिए । नेकपा एमाले र माओवादी एकता हुँदा समेत चुमान तनहुँ इन्चार्ज नै कायम भएका थिए ।

images
प्रकाशित मिति :भाद्र ९, २०७८ बुधवार - २१:५२:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology