Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखामा आफ्नै दिदिलाई बलात्कार गरेको आरोपमा भाई पक्राउ

गोरखामा आफ्नै दिदिलाई बलात्कार गरेको आरोपमा भाई पक्राउ

इच्छाकामना न्युज

९, भाद्र २०७८
गोरखामा आफ्नै दिदिलाई बलात्कार गरेको आरोपमा भाई पक्राउ
images

गोरखा ९, भदौं । जबरजस्ती करणीको अभियोगमा जिल्ला प्रहरी कार्यालय गोरखाले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको सिरानचोक गाउँपालिका घर भएका २६ बर्षिया पुरुषलाई आफ्नै सौतेनी दिदीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिनुभयो ।

images
images

बोल्न र सुन्न नसक्ने अबस्थामा रहनु भएकी ३२ बर्षकी सौतेनी दिदीलाई उनले आफ्नै घरमा सुति रहेको ठाउँबाट तानेर भान्सा कोठमा लगेर जवरजस्ती बलात्कार गरेको उहाँले बताउनुभयो । घटना लगत्तै पिडित महिलाले रुदै आफ्ना श्रीमान र जेठानी लगायत घरका सदस्यलाई जानकारी गराएपछि आरोपित पुरुष घर छोडेर भागेका थिए ।

पिडितको पक्षबाट उनको संरक्षकले प्रहरीमा जाहेरी दिए लगत्तै खोजी गर्दा अभियुक्त पुरुष लुकुछिपी बसेको अबस्था गएराती पक्राउ परेको डिएसपी दाहालले बताउनुभयो । सिरानचोक गाउँपालिकामा रहेको आफ्न्तको घरमा लुकेर रहेको अबस्थामा उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

पक्राउ परेको व्यक्ति माथि जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरि ७ दिनको म्याद थप गरेर हिरासतमा राखी थप अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो ।

images
प्रकाशित मिति :भाद्र ९, २०७८ बुधवार - १९:५६:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology