चितवन, ९ भदौ । साविकको दाहाखानी गाउँपञ्चायतका पूर्व प्रधानपंच कमानसिंक गुरुङको ७५ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका गुरुङको इच्छाकामना गाउँपालिका ७ स्थित आफ्नै घरमा मंगलबार बिहान करिब १० बजेतिर निधन भएको हो।
मृतक गुरुङको आज बिहान देवघाट बौद्ध परम्परा अनुसार दाहसंस्कार गर्ने तयारी भैरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।