Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अखिल नेपाल किसान महासंघ धादिङको संयोजक कमल गुरुङ

अखिल नेपाल किसान महासंघ धादिङको संयोजक कमल गुरुङ

images

इच्छाकामना न्युज

७, भाद्र २०७८
अखिल नेपाल किसान महासंघ धादिङको संयोजक कमल गुरुङ
images

धादिङ, ७ भाद्र । सिद्धलेक गाउँपालिका वडा नम्बर २ नलाङका वडा अध्यक्ष कमल गुरुङ अखिल नेपाल किसान महासंघ धादिङको संयोजकमा चयन भएका छन् ।

सोमबार धादिङबेसीमा सम्पन्न नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ धादिङ आज भएको भेलाले गुरुङको अध्यक्षतामा ८५ सदसीय कार्यसमिति गठन गरेको छ ।

भेलाबाट कार्यसमितिको सहसंयोजकमा विष्णुहरी लम्साल, सचिवमा रमेश नेपाल र सहसचिवमा हुम कुमारी गुरुङ चयन भएका छन् । भेलाले संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रअनुसार संयोजक र सचिव तोकेको छ ।

क्षेत्र नम्बर १ को संयोजक नेतानन्द थपलिया र सचिव मनोज थापा, क्षेत्र नम्बर २ को संयोजकमा कलानिधि खनाल र सचिवमा गोपाल तामाङ तोकिएको छ ।

त्यसैगरि कार्यकर्ता भेलाले क्षेत्र नम्बर १ को प्रदेश क मा रामजी आचार्य, ख मा बद्री इटनी, क्षेत्र नम्बर २ को क मा काशीनाथ लम्साल र ख मा कृष्णबहादुर तामाङलाई संयोजक तोकेको छ ।

images
प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - २०:५२:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology