Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखकाली टायर उद्योग बन्द भएको सात वर्ष भो, अझै पनि गोरखकाली टायर सरर

गोरखकाली टायर उद्योग बन्द भएको सात वर्ष भो, अझै पनि गोरखकाली टायर सरर

images

पत्रपत्रिका

७, भाद्र २०७८
गोरखकाली टायर उद्योग बन्द भएको सात वर्ष भो, अझै पनि गोरखकाली टायर सरर
images

उकालो ओरालो मोटर हरर,
गोरखकाली टायर बलियो गुड्छ सरर

यो हो, देशकै एकमात्र टायर उत्पादन गर्ने गोरखकाली टायर उद्योगको विज्ञापन गीत । उद्योग बन्द भएको सात वर्षसम्म पनि विज्ञापन गीतमा झैँ गोरखाका सरकारी गाडी गोरखकाली टायरमा हरर कुदिरहेका छन् ।

२०७१/०७२ सालदेखि पूर्ण रुपमा उत्पादन बन्द भएको उद्योग अहिलेसम्म चलेको छैन । तर त्यसअघि बनेको टायर भने अहिले सवारी साधनमा भेटिने गरेको छ ।

भारतीय बजारको टायर भन्दा निकै सस्तो र बलियो मानिने गोरखकाली रबर उद्योगको टायर जिल्ला समन्वय समितिको बा १ झ ३७९८ नम्बरको गाडीमा अहिले पनि प्रयोग भएको छ । उपप्रमुख जानुका अधिकारी चढ्ने जिपको चारवटै टायर गोरखकाली रबर उद्योगबाट उत्पादिन छ ।

अन्तर्राष्ट्रिय उद्योगका टायर भन्दा कडा मानिने गोरखकाली रबर उद्योगको टायर उत्पादन बन्द भएपछि अहिले बजारमा पाईँदैन । लामो समय जिल्ला बिकास समिति रहँदा चालक रहेका पुतबहादुर गुरुङ भन्छन् ‘गोरखकाली टायर बलियो हो, अरु कम्पनीको भन्दा सस्तो पनि थियो, कच्ची सडकमा झनै राम्रो थियो, तर अहिले पाईँदैन ।’ टिकाउ पनि धेरै हुने उनले बताए । गोरखकाली टायर भारतीय कम्पनीका टायर भन्दा पाँच हजार रुपैयाँले सस्तो थियो ।

अहिले झाडीले ढाकेको छ उद्योग
करिब तीनसय जनाले रोजगारी पाएको टायर उत्पादन गर्ने नेपालकै एक मात्र उद्योग गोरखकाली रबर उद्योग अहिले झाडीले झपक्कै छोपेको छ ।

मुख्य गेटमा केही सुरक्षा गार्डले आलोपालो गर्दै बन्द उद्योग रुँगिरहेका छन् । २०७२ को भुकम्पपछि पुर्ण रुपमा बन्द गोरखकाली रबर उद्योगले २०७५ माघमा उद्योगमा रहेका दुई सय ४२ जना, डिपो र काठमाडौँ स्थित सम्पर्क कार्यालयका सहित दुई सय ८० भन्दाबढी कर्मचारीलाई अबकास दियो ।

हाजिर गर्न कर्मचारी गईरहँदा चहलपहल देखिने उद्योग त्यसयता सुनसान छ । उद्योगभित्र चारवटा साना गाडी थोत्रिएका छन् । गुड्दा गुड्दै थन्किएका गाडी थोत्रो भईसक्यो । केही मोटरसाईकल पनि उद्योगभित्र थन्किएका छन् ।

करोडौँका मेसिनहरु धुलो र खियाले थोत्रिएको छ । टायर उत्पादनको काम नहुँदा मेसिन कवाडीमा परिणत भएको छ । ‘हामीले भित्र मेसिनहरु हेर्दैनौँ, जान्दैनौँ’, सुरक्षा गार्ड गंगाप्रसाद गौतमले भने, ‘हामीले उद्योगको भबन, कम्पाउण्ड भित्रको सुरक्षा गर्ने जिम्मेवारी मात्रै पाएका छौँ ।

उद्योगमा अहिले कोही आउँदैनन् ।’ राज्यको यत्तिका सम्पत्ति धुलामाटो भएको सम्झँदा मन भित्रैदेखि कटक्क खाने उनी बताउँछन् ।
सरसफाई गर्ने, मेसिनहरुको अवस्था जाँच्ने गरिँदैन । ठुला र स्तरीय भबन झाडीले छोप्ने, झ्यालका सिसा फुट्ने भएको छ । उद्योगभित्र बाँकी रहेका कच्चा पदार्थ मिल्किएका छन् ।

झाडीले उद्योगको हरेक ब्लक छोपेको छ । उद्योगभित्रको झाडी जंगली जनावरको बासस्थान बनेको छ । एक्लै उद्योग परिसर घुम्न सुरक्षा गार्ड पनि डराउँछन् । सयौँ रोपनी क्षेत्रफलमा रहेको उद्योगका छुट्टाछुट्टै भबन छ । कार्यालय, उत्पादन कक्ष, प्रशोधन, स्टोर लगायत कुनैमा पनि ताला चावी लगाइएको छैन ।

उद्योगको कोठा, शौचालय फोहोर र दुर्गन्धित छ ।
उद्योग परिसरमा जताततै बिजुलीको फलामे पोल स्टोर गरिएका छन् । वर्षौँदेखि राखिएका पोल कति छ कसले राखेको भन्ने बारे उद्योगका गार्ड बेखबर छन् ।

विद्युत प्राधिकरण बितरण केन्द्रले स्टोर गर्न सजिलो भएर राखेको जनाएको छ । तर त्यहाँ यत्रतत्र छरिएर पोल राखिएको छ । उद्योगको वरपर ठुलो संख्यामा खयरका रुख छन् । रुख काटेर काठ चोरी हुने क्रम बढेको गुनासो आईरहन्छ ।

कतिपय रुख थोत्रिएर कुहिएका छन् । महँगो मूल्यमा बिक्री हुने लडेका, पुराना खयरका रुखको ब्यवस्थापन उद्योगले गर्न सकेको छैन ।
तीनवर्षअघि उद्योगले खयरको रुख काटेर बिक्री गर्न डिभिजन बन कार्यालयमार्फत प्रक्रिया अघि बढाएको थियो । लडेका रुख मात्र नभई सबै रुख काटेर बिक्री गरी कर्मचारीलाई तलब भत्ता खुवाउने उद्योगको योजना थियो ।

चौतर्फी आलोचनापछि बन बिभागले रुख काट्ने अनुमति दिएन । रुख काट्न नपाएपछि उद्योगले सडेगलेका रुखको प्रयोग गर्न तर्फ पनि चासो नदिएको सेवा निवृत्त एक कर्मचारीले बताए । अहिले उद्योग क्षेत्रमा घाँस दाउरा गर्ने, नदीले कटान गर्ने गरेर रुख नासिँदै गएको छ ।
२०४९ सालदेखि टायर उत्पादन थालेको गोरखकाली रबर उद्योग नेपालको एक मात्रै टायर उद्योग हो ।

यसमा नेपाल सरकारको ३८, साल्ट ट्रेडिङको २३ प्रतिशत शेयर र सर्वसाधारणको पनि लगानी छ । उद्योग सुरु भएदेखि नै उत्पादन राम्रो नभएको कर्मचारीहरु बताउँछन् । ४० प्रतशितसम्म उत्पादन गर्न उद्योग सफल भएको थियो । त्यति मात्रै उत्पादन गरेको वर्षपनि उद्योग नाफामा चलेको रेकर्ड उद्योगसँग छ ।

अबैध रुपमा कर छलेर नेपाली बजारमा आउने टायरले गोरखकाली टायरको बजार बिक्री घटेपछि बन्द हुन पुगेको अनुभव मजदुरहरुको छ ।

दरौदी दैनिकबाट

images
प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - २०:०७:४६ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology