Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

झापामा ८ महिनाकी छोरीसहित दम्पतीले झुण्डिएर गरे आत्महत्या

झापामा ८ महिनाकी छोरीसहित दम्पतीले झुण्डिएर गरे आत्महत्या

इच्छाकामना न्युज

७, भाद्र २०७८
झापामा ८ महिनाकी छोरीसहित दम्पतीले झुण्डिएर गरे आत्महत्या
images

झापामा ८ महिनाकी छोरीसहित दम्पतीले आत्महत्या गरेका छन् । कन्काई नगरपालिका–१ का ४० वर्षीय रविन विश्वकर्मा, पत्नी २९ वर्षीय मुना विक र छोरी रुविनाले झुन्डिएर आत्महत्या गरेको झापाका एसपी सानुराम भट्टराईले बताए । 

images
images

घरभित्र चुकुल लगाएर नाइलनको डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा उनीहरुको शव फेला परेको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको छ । 

रविनलाई केही दिनअघि कोरोना भाइरस संक्रमण भएको थियो । छिमेकीका अनुसार पत्नी मुनालाई पनि संक्रमण पुष्टि भएको थियो । रविनले ‘विदेश पठाउँछु’ भनेर  गाउँमा धेरै जनासँग पैसा लिएको र दिनहुँ पैसा माग्ने मान्छे घरमा आउन थालेपछि पारिवारिक तनाव सिर्जना भएको बताइएको छ ।

‘घटनाको कारण खोज्दै छौं’ एसपी सानुराम भट्टराईले भने–‘छोरी र श्रीमती एउटा डोरीमा र रविन अर्को  डोरीमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।’

images
प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - ११:३४:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology