Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बागमती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य संकटमा, ५६ मध्य ८ सांसद नेपाल पक्षको

बागमती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य संकटमा, ५६ मध्य ८ सांसद नेपाल पक्षको

इच्छाकामना न्युज

७, भाद्र २०७८
बागमती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य संकटमा, ५६ मध्य ८ सांसद नेपाल पक्षको
images

धादिङ, ७ भाद्र । १०९ सदस्यीय बागमती प्रदेशसभामा सभामुखसहित एमालेका ५६ सांसद छन् । तीमध्ये अहिले ८ जना माधव नेपाल नेतृत्वको नेकपा एकीकृत (समाजवादी) मा लागे सँगै मुख्य मन्त्री अष्टलक्ष्मी शाक्य संकटमा परेकी छिन् ।

images
images

नेपाल पक्षको भनेर चिनिने शाक्य एका एक माधव नेपालको पार्टीमा नगई मुख्यमन्त्री बन्न ओली पक्षमा गई मुख्य मन्त्री बेनकी थिईन तथापी श्याक्यले भने आफू ओली र नेपाल दुबैको पक्षमा भन्दा पनि एमाले फुटको विरुद्धमा रहेको बताउँदै आएकी थिई ।

वाग्मती प्रदेशसभामा हाल १ सय ९ सदस्य छन् । त्यसमा एमालेका सभामुखसहित ५६ जना सांसद छन् । सरकारमा निर्माणमा सभामुखको मत प्रयोग हुँदैन । त्यसैले एमालेको एक जना मात्र संख्या कम हुँदा शाक्य नेतृत्वको सरकार अल्पमतमा पर्छ ।

वाग्मती प्रदेशसभामा यसअघिदेखि नै एमालेको ओली र नेपाल समूहबीच विवाद रहँदै आएको थियो । अहिले पार्टी विभाजनका क्रममा प्रस्तावित दल एकीकृत समाजवादीतर्फ ८ सांसद खुलिसकेको दाबी नेपाल पक्षको छ । सो संख्या शाक्यलाई मुख्यमन्त्री हटाउनका लागि पर्याप्त हो ।

‘अष्ट कमरेड आउनुभएन भने पनि हाम्रोतर्फ यो संख्या कम्तीमा १२ सम्म पुग्ने देखिन्छ,’ नेपाल निकट एक सांसदले भने, नयाँ दल दर्ता भएपछि प्रदेशमा कांग्रेस र माओवादीसहितको गठबन्धन बन्छ ।’ यदि शाक्य आफ्नो पक्षमा नआए शाक्यको स्थानमा राजेन्द्र पाण्डेलाई कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट बनाएर मुख्यमन्त्री बनाउने योजना छ ।

images
प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - ११:२७:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology