Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आगामी ५ महिनाभित्र विद्युतीय बस सञ्चालन गर्ने साझा यातायातको तयारी 

आगामी ५ महिनाभित्र विद्युतीय बस सञ्चालन गर्ने साझा यातायातको तयारी 

images

इच्छाकामना न्युज

७, भाद्र २०७८
आगामी ५ महिनाभित्र विद्युतीय बस सञ्चालन गर्ने साझा यातायातको तयारी 
images

उषा तामाङ, काठमाडौँ, ७ भदौ । अबको ५ महिनाभित्र विद्युतीय बस सञ्चालन गर्ने साझा यातायात सहकारी संस्थाले जनाएको छ । सरकारले विद्युतीय बस खरिद गर्न शेयर लगानीका रूपमासाझा यातायात सहकारी संस्थालाई २०७६ असोज ३० गते तीन अर्ब उपलब्ध गराएको थियो । उक्त रकम बाट साझा यातायातले अबको ५ महिनामा ३ वटा विद्युतीय बस खरिद गर्ने बताएको हो ।

साझा यातायातका सञ्चालक सदस्य भुषण तुलाधारले खरिद प्रक्रिया पूरा गर्न करिव १ महिना लाग्ने भएकाले ५ महिनाभित्रमा बस आउने बताउनुभयो । ३ वटा बसको परीक्षण सफल भएमा अर्को ४ महिनामा ४० वटै बस ल्याएर सञ्चालन गर्ने योजना रहेको तुलाधरले बताउनुभयो । २०७७ माघ २६ गतेको मन्त्रिपरिषद् बैठकले बस खरिद प्रक्रिया खुल्ला गर्ने निर्णय गरेपछि साझा यातायातले ४० वटा बस खरिद गर्न गएको चैत १३ गते बोलपत्र आह्वान गरेको हो ।

सोही अनुसार ९ वटा चिनिँया कम्पनी विद्युतीय बस खरिदका लागि इच्छुक देखिएका छन् । सरकारले विद्युतीय सवारीसाधनलाई प्राथमिकतामा राख्ने निर्णय गरिसकेको छ । सोही अनुसार २०७५ पुसमा नै कम्तिमा ३ सय बस खरिद गर्ने  प्रक्रिया अघि बढाउने नीतिगत निर्णय गरेको थियो । विद्युतीय बस वातावरणमैत्री र अपाङ्गमैत्री हुने भएकाले पनि यसको प्रयोगमा जोड दिनुपर्ने सर्वसाधारण नागरिकको भनाइ छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ कात्तिक ६ गते विद्युतीय बसको उद्घाटन गर्दै अब विद्यीतीय सवारीसाधनलाई प्राथमितामा राख्ने बताउनुभएको थियो । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा विद्युतीय सवारीको प्रयोगलाई देशव्यापी बनाउने र  ०७७/७८ को बजेटमा विद्युतीय सवारी चार्जिङ स्टेशन स्थापना गर्ने घोषणा गरेको थियो ।

चालु आर्थिक वर्षको बजेटमा समेत पेट्रोलियम पदार्थबाट सञ्चालित सवारी साधनलाई विद्युतीयमा रुपान्तरण गर्न प्रोत्साहन गर्ने र २०८८ सालसम्ममा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीले विस्थापित गर्ने उल्लेख छ । विद्युतीय सवारीसाधन सञ्चालनमाल्याउँदा इन्धन खर्च २५ प्रतिशत घट्ने छ भने मर्मत खर्च कम लाग्नुका साथै वातावरण मैत्री पनि हुने विज्ञहरूको भनाइ छ । 

images
प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - ०९:४२:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology