Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवन ट्राफिकद्वारा साउन महिनामा २५ लाख राजस्व संकलन

चितवन ट्राफिकद्वारा साउन महिनामा २५ लाख राजस्व संकलन

images

पत्रपत्रिका

७, भाद्र २०७८
चितवन ट्राफिकद्वारा साउन महिनामा २५ लाख राजस्व संकलन
images

चितवन, ७ भदौं । ट्राफिक प्रहरी कार्यालय चितवनले आर्थिक वर्ष २०७८/७९ को पहिलो महीना (साउन)मा २५ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार सबै प्रकारका सवारीसाधनको कारबाहीबाट १ महीना अवधिमा २५ लाख ७३ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको हो । सो अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ७५७ ओटा सवारीसाधनलाई कार्यालयले कारबाही गरेको थियो ।

साउनमा सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम ट्र्याक्टर कारबाहीमा परेका छन् । मोटरसाइकल कारबाहीबाट मात्रै ६ लाख ७३ हजार र ट्र्याक्टरको कारबाहीबाट १ लाख ३१ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, कार/जीप/भ्यानको कारबाहीबाट ६ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ । कार्यालयले ट्रकरटिपरबाट ६ लाख ११ हजार, बसरमाइक्रो बसबाट २ लाख ९० हजार र टेम्पो तथा अन्य सवारीसाधनबाट २ लाख ८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले निषेधाज्ञा शुरू भएसँगै कारबाहीको संख्या र राजस्व संकलन पनि तुलनात्मक रूपमा उक्त महीना कम भएको बताए । ‘निषेधाज्ञाले सवारीसाधन जोरबिजोर प्रणालीमा चलेका छन्,’ उनले भने, ‘कारबाही र जरीवाना पनि कम भएको छ ।’

अधिकांश सवारीधनीले जरीवानाको रसिद काटेपछि समयमै बैंकमा जम्मा नगर्ने भएकाले राजस्व संकलनमा असर परेको थापाले बताए । सवारीसाधन कम चले पनि ट्राफिक चेकिङमा कडाइ गरिएकाले राजस्व संकलन सन्तोषजनक भएको थापाको भनाइ छ । साउनमा सवारी दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् ।

कार्यालयका अनुसार सो अवधिमा २३ जना गम्भीर घाइते र ५२ जना साधारण घाइते भएका थिए । एक महीनाको अवधिमा ५१ ओटा दुर्घटना भएको थियो । यसबाट सवारीसाधनतर्फ ९६ लाख ६२ हजार रुपैयाँ बराबरको क्षति भएको ट्राफिक प्रहरीको अनुमान छ । आर्थिक अभियान दैनिकबाट

images
प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - ०८:२६:२२ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology