Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सबै कम्युनिस्ट पार्टीबीच एकता गर्न नेकपा माओवादी केन्द्रले वार्ता थाल्ने

सबै कम्युनिस्ट पार्टीबीच एकता गर्न नेकपा माओवादी केन्द्रले वार्ता थाल्ने

images

इच्छाकामना न्युज

६, भाद्र २०७८
सबै कम्युनिस्ट पार्टीबीच एकता गर्न नेकपा माओवादी केन्द्रले वार्ता थाल्ने
images

काठमाडौं, ६ भदौं । नेकपा माओवादी केन्द्रले सबै कम्युनिस्ट पार्टी (शक्ति)हरुबीच एकताका लागि वार्ता र आवश्यक पहल थाल्ने भएको छ। आइतबार बसेको माओवादी केन्द्रको स्थायी समितिको बैठकले सबै कम्युनिस्ट पार्टीसँग एकता गर्न वार्तासहित आवश्यक पहल थाल्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँगै बोल्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले उक्त निर्णयबारे जानकारी दिए।

सबै कम्युनिस्ट शक्तिसँग एकताका लागि वार्तासहित आवश्यक पहल थाल्ने निर्णय भएकाले मातहतका पार्टी कमिटीलाई यस विषयमा ध्यान दिन निर्देशन दिइएको पनि श्रेष्ठले जानकारी दिए। यस्तै, पार्टीलाई विधिसम्मत रुपमा अघि बढाउने तथा वडादेखि पालिकासम्मको संगठनलाई सुदृढीकरण र एकतावद्ध गराउन अघि बढ्ने निर्णय भएको श्रेष्ठले बताए ।

मन्त्रिपरिषद् विस्तारका विषयमा भने एमालेबाट अलग भएको समाजवादी एकीकृतको दल दर्ताको प्रक्रिया टुंगिएपछि मात्रै आवश्यक निर्णय गर्ने समझदारी बनेको श्रेष्ठको भनाइ छ।

images
प्रकाशित मिति :भाद्र ६, २०७८ आइतवार - २१:५२:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology