Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनका सबै स्थानीय तहको बेरुजु करोड भन्दा माथि, प्रतिशतका हिसाबले बेरुजुमा इच्छाकामना गापा अगाडी, रकमका हिसाबले भरतपुर महानगर अगाडी

चितवनका सबै स्थानीय तहको बेरुजु करोड भन्दा माथि, प्रतिशतका हिसाबले बेरुजुमा इच्छाकामना गापा अगाडी, रकमका हिसाबले भरतपुर महानगर अगाडी

इच्छाकामना गाउँपालिकामा ३ करोड ४४ लाख, भरतपुर महानगरपालिकामा १० करोड १५ लाख बेरुजु

images

इच्छाकामना न्युज

५, भाद्र २०७८
चितवनका सबै स्थानीय तहको बेरुजु करोड भन्दा माथि, प्रतिशतका हिसाबले बेरुजुमा इच्छाकामना गापा अगाडी, रकमका हिसाबले भरतपुर महानगर अगाडी
images

चितवन, ५ भदौ । आर्थिक वर्ष २०७६/७७ मा चितवनका सबै स्थानीयतहहरुको बेरुजु रकम करोड भन्दा माथि देखिएको छ। महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनअनुसार जिल्लाका ७ वटा स्थानीय तह मध्य हरेकको बेरुजु रकम करोड भन्दा माथि देखिएको छ। 

प्रतिवेदन अनुसार जिल्लाका स्थानीय तहहरु मध्य प्रतिशतका हिसाबले इच्छाकामना गाउँपालिकामा सबैभन्दा बढि ३.४७ प्रतिशत बेरुजु देखिएको छ। गाउँपालिकामा ९९ करोड ३७ लाख ८५ हजारको लेखापरीक्षण गर्दा ३ करोड ४४ लाख ९८ हजार बेरुजु देखिएको छ। यद्यपी रकमको हिसाबले तुलना गर्दा भरतपुर महानगरपालिकामा सबैभन्दा बढि १० करोड १५ लाख १६ हजार रुपैयाँ बेरुजु देखिएको छ। महानगरमा ४ अर्ब ३ करोड ४२ लाख ४२ हजारको लेखापरीक्षण गर्दा २.०२ प्रतिशत अर्थात सो रकम बराबरको बेरुजु देखिएको हो।

यस्तै जिल्लामा सबैभन्दा कम बेरुजु कालिका नगरपालिकाको देखिएको छ। कालिकामा १ अर्ब ६३ करोड १६ लाख २६ हजारको लेखापरीक्षण गर्दा ०.६५ प्रतिशत अर्थात १ करोड ६ लाख १४ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी जिल्लाका अन्य स्थानीयतहहरु रत्ननगरमा १ अर्ब ६९ करोड ४५ लाख ४१ हजारको लेखापरीक्षण गर्दा २.२८ प्रतिशत अर्थात ३ करोड ८५ लाख ८२ हजार, राप्ती नगरपालिकामा १ अर्ब ५४ करोड ५२ लाख ४० हजार लेखा परीक्षण गर्दा ०.९१ प्रतिशत अर्थात १ करोड ३९ लाख ८५ हजार, खैरहनी नगरपालिकामा १ अर्ब ४४ लाख ८ हजार ८१ हजार रुपैयाँ लेखापरीक्षण गर्दा १.९५ प्रतिशत अर्थात २ करोड ८१ लाख त्रिपन्न हजार रुपैयाँ र माडि नगरपालिकामा १ अर्ब १० करोड ६४ लाख ६३ हजार रुपैयाँ लेखापरीक्षण गर्दा ३ प्रतिशत अर्थात ३ करोड ३२ लाख ४० हजार बेरुजु रहेको महालेखाको प्रतिवदेनले जनाएको छ। 

images
प्रकाशित मिति :भाद्र ५, २०७८ शनिवार - २०:२७:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology