Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तनहुँ शुक्लागण्डकी १२ का मनकारी वडाध्यक्ष मनराज गुरुङः सामाजिक संजालबाटै सहयोग जुटाउदै पिडितको उपचार गर्दै

तनहुँ शुक्लागण्डकी १२ का मनकारी वडाध्यक्ष मनराज गुरुङः सामाजिक संजालबाटै सहयोग जुटाउदै पिडितको उपचार गर्दै

images

इच्छाकामना न्युज

४, भाद्र २०७८
तनहुँ शुक्लागण्डकी १२ का मनकारी वडाध्यक्ष मनराज गुरुङः सामाजिक संजालबाटै सहयोग जुटाउदै पिडितको उपचार गर्दै
images

दुलेगौडा, ४ भदौ । दिउँसो २ बजेतिर नुहाउनलाई तातोपानी तताउँदै थिइन् शुक्लागण्डकी नगरपालिका(१२ फिरफिरे घरेडीकी शिरमती गुरुङ । ५७ वर्षीया गुरुङले आफ्नै हरको कपडामा आगो सल्किएको चेत पाइनन् । शरीर पोल्न थालेपछि बल्ल महशुस भयो उनलाई ।

जब छालामा पोल्न थाल्यो उनी अत्तालिइन्, हारगुहार गरिन् । श्रीमान् र छोरा घरमा थिएनन् । छिमेकीले आएर उनको शरीरमा लागेको आगो निभाए, कपडा खोलिदिए ्र पूरै शरीर जल्नबाट जोगाए । तर, कम्मरमुनीको भाग भने नराम्ररी जलिसकेको थियो । त्यसपछि उनका श्रीमान् यामबहादुरले उपचारका लागि पोखरा रानीपौवाको मेडिप्लस हस्पिटल पु¥याए । यो घटना २०७७ माघ २३ गतेको हो ।

यामबहादुरले शिरमतीको मेडिप्लसमा १४ दिन उपचार गराए ्र ऋणधन गरेर उपचारमा २ लाख रुपैयाँ सकाए । तर, पैसा सकिएपछि घाउ निको नहुँदै घर फिर्ता ल्याउनुप¥यो । आगोले पोलेको घाउ निको नहुँदै घर ल्याउनुपर्ने उनको बाध्यता थियो । शरीरको घाउ त निको भएन झन् मनमा पनि घाउ थपियो । “ऋण खोजेको २ लाख पनि सकियो । आफूसित पैसा नभएपछि निको नहुँदै घर ल्याउनुप¥यो,” उनले अगाडी थपे, “अरु पैसा जुटाउन सक्ने अवस्था थिएन, मेरो केही उपाय लाएन् ।”

घरमा ल्याएपछि ६ महिनासम्म शिरमतीको आगोले पोलेको घाउ निको भएको छैन । कम्मरमुनिको भाग पनि चल्न छाड्यो । विस्तारमै थला भइन् । तर, उपचार गर्न अस्पतालसम्म पु¥याउन सघाउने कोही भएन् । आर्थिक अवस्था कमजोर भएका उनले फेरि कसैसित हारगुहार गर्न सकेनन् । “सबैले अवस्था देखेकै थिए कोसँग हारगुहार गर्ने,” भावुक हुँदै उनले भने ।

बुधबार घरेडी टोल विकास संस्थाको भेलामा पुगेका वडाध्यक्ष मनराज गुरुङले उनको दयनीय अवस्था देखे । साँझ फेसबुकमा उपचारका लागि सहयोगको अपिल गरे । बिहीबार विहानै वडाध्यक्ष गुरुङले नै थला परेकी शिरमतीको उपचार गराउन पोखराको हरियोखर्क अस्पताल पु¥याएका छन् । अस्पतालमा भर्ना गरेर उपचार प्रकृया शुरु भएको वडाध्यक्ष मनराज गुरुङले बताए ।

फेसबुकमा सहयोगको अपिल गरेपछि आर्थिक सहयोगको प्रतिबद्धता आउँदै थियो । प्रतिबद्धता भएपनि पैसा आएको अवस्था थिएन । तर, उपचारमा ढिलाई होला भन्ने सोचेर अस्पताल ल्याईहाल्यौं,” उनले भने । अस्पतालमा भर्ना गरेपछि २० हजार रुपैयाँ डिपोजिट शुल्क र औषधी खरिदसँगै खानबस्नका लागि बिरामीका श्रीमान् यामबहादुरलाई १० हजार रुपैयाँ उपलब्ध गराएको वडाध्यक्ष गुरुङले जनाकारी दिए । 

६ महिनासम्म थला परेकी श्रीमतीलाई उपचारका लागि अस्पताल भर्ना गराएपछि निको हुने आश पलाएको यामबहादुरले बताए । “अस्पताल ल्याएपछि धेरै आश पलाएको छ । अब हातखुट्टा चलेर आफै उभिन सक्छ की भन्ने छ,” टेलिफोन कुराकानीमा उनले भने ।

खबरपुञ्जबाट

images
प्रकाशित मिति :भाद्र ४, २०७८ शुक्रवार - १९:५९:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology