Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

महामारीले साना व्यवसायी संकटमा, सरकारबाट विषेश राहतको अपेक्षा 

महामारीले साना व्यवसायी संकटमा, सरकारबाट विषेश राहतको अपेक्षा 

images

सिआईएन

३, भाद्र २०७८
महामारीले साना व्यवसायी संकटमा, सरकारबाट विषेश राहतको अपेक्षा 
images

सुसीला श्रेष्ठ, काठमाडौँ, ३ भदौ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण व्यवसाय ठप्प भएको छ । लाखौँ लगानी गरेर व्यापार व्यवसाय गरेकाहरु कोरोना पछि करोडौं घाटा बेहोर्न बाध्य भएका छन् ।

ऋण गरेर व्यवसायमा लागेकाहरु मध्ये केही बिस्थापित भैसके भने कोही बिकल्पको खोजीमा छन् । रौतहटका सुमित कुमार शाहले ६ बर्ष अघि काठमाडौंको न्युरोडमा फलफूल पसल खोल्नुभयो ।

५ लाखको लगानीमा सुरु भएको पसल राम्रो चलेको थियो । घर खर्च, छोराछोरीको पढाईलेखाइ र बचत पनि राम्रै थियो । अचानक कोरोनामहामारी फैलियो । यसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण उहाँको व्यवसाय ठप्प भएपछी पसलको भाडा तिर्न नसकेर अहिले सुमितले सडकमै व्यापार थालेको बताउनुभयो ।

सटर भाडामा लिएर पसल सञ्चालन गरिरहेकालाई अहिले भाडा कसरी तिर्ने भन्ने चिन्त्ताले सताएको छ । बौद्धमा जुत्ताचप्पल पसल सञ्चालन गर्ने दिनेश्वर यादबले पसल त छोड्नुभएको छैन तर भाडा भने तिर्न सक्नुभएको छैन ।

मासिक ३५ हजार कोठा भाडा तिर्न खाना नै कटौती गर्नुपर्ने अवस्था आएको यादवले बताउनुभयो ।सरकारले कोठा भाडा मात्रै सहुलियत दिए पनि व्यापार व्यवसायमा निरन्तरमा दिन सक्ने व्यवसायी बताउँछन् । न्युरोडमा नै फेन्सी चलाउने जोरपाटिका दिपा गुप्ता लाखौँ घाटा खाएर पसल चलाउनु भन्दा बन्द गर्ने सोचमा पुगेको बताउनुहुन्छ ।

निषेधाज्ञाका बेला पसल खोल्न नपएपछी व्यापार शून्य भयो । तर महिनै पिच्छे भाडाको बिल भने आइरहेको छ । पसल जोगाउन १४ लाख लागेर पनि छोड्न नसकेकोझापाका विष्णु प्रसाद पाठक बताउनुहुन्छ ।

आफु जस्ता व्यवसायीलाई सरकारको सहुलियत दिएमा व्यवसायलाई निरन्तरता दिन सकिने उहाँको अपेक्षा छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अनुसार कोरोना भाइरसका कारण उपत्यकामा मात्रै ४० प्रतिशत सटर खाली भएको छ । व्यवसाय बन्द हुँदा पनि भाडा छुट नहुँदा व्यवसायी पलायन हुने अवस्थामा आएका छन् ।

लामो समय व्यबसाय बन्द भए पनि कोठा भाडा तिर्नै पर्ने भएपछि व्यवसायीहरु विस्थापित भएका हुन् । उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालयका प्रबक्ता डाक्टर नारायण प्रसाद रेग्मीले भने साना व्यवसायीलाई मात्र नभएर सबै उद्योगी व्यवसायीलाई मध्यनजर गरी बैंकको ऋणमा सहुलियत र म्याद थप जस्ता राहतको प्याकेज ल्याएको बताउनुभयो।

कोठा भाडा, कर,भन्सार महशुल, नविकरण शुल्क लगाएतमा सरकारले सहुलियत दिएको खण्डमा व्यवसायलाई निरन्तरता दिन सकिने व्यवसायीको भनाइ छ । 

images
प्रकाशित मिति :भाद्र ३, २०७८ बिहिवार - ०८:५३:३२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology