चितवन, ३ भदौ । बाग्मती प्रदेशको सामाजिक विकाश मन्त्रीमा चितवनका प्रदेश सांसद कृष्ण खनाल नियुक्त भएका छन्। नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार बेलुका विस्तार गरेको मन्त्री परिषद्मा खनाललाई सामाजिक विकाश मन्त्रीमा नियुक्त गरेको हो।
नवनियुक्त प्रदेश मन्त्री खनाल बुधबार माधव कुमार नेपालले दर्ता गरेको नेकपा एमाले (समाजवादी) पार्टीको केन्द्रिय सदस्यको सूचीमा थिए तर आफु माधव पक्षको पार्टीमा नरहेको प्रतिक्रिया दिएका थिए। उनैलाई बेलुका मुख्यमन्त्री शाक्यले मन्त्रीमा नियुक्त गरेको हो।
यस्तै सपथ ग्रहण लगत्तै मुख्यमन्त्री शाक्यले आन्तरिक मामला तथा भौतिक पूर्वाधार मन्त्रीमा केशव पाण्डेलाई नियुक्त गरेकी छिन्।