Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

माधव नेपाल पक्ष छाडेका अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

माधव नेपाल पक्ष छाडेका अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

देशकै पहिलो महिला मुख्यमन्त्री बनिन्

images

इच्छाकामना न्युज

२, भाद्र २०७८
माधव नेपाल पक्ष छाडेका अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
images

हेटौडा, २ भदौ । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छन् । बुधबार उनी वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् ।

संविधानको धारा १६८(१) अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शाक्यले प्रदेश प्रमुख प्रसाईँसँग पद तथा गोपनीयताको शपथ लिएकी छन्।

शाक्य बुधबार नै वाग्मती प्रदेश एमाले संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएकी थिइन् । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार एमाले संसदीय दलको नेता र मुख्यमन्त्री दुवै पदबाट राजीनामा दिएका थिए । पौडेलकै प्रस्तावमा शाक्यलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरिएको थियो ।

निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले अष्टलक्ष्मी शाक्यलाई पार्टी एकताको पक्षमा लडेको पुरस्कार स्वरुप मुख्यमन्त्री बनाउन लागिएको प्रतिक्रिया दिएका छन् ।

‘पार्टी एकताको लागि मैले त्याग गरेको हुँ, पहिला उहाँ (अष्टलक्ष्मी) जसरी सशक्त विरोधमा हुनुहुन्थ्यो, तर अहिले पार्टी एकताको पक्षमा उभिनुभएको छ’, पौडेलले भने, ‘पार्टी फुटेर जाँदा पनि उहाँ एकताका पक्षमा लड्नुभयो, त्यसको पुरस्कार हामीले उहाँलाई दिएका हौं ।’ एमालेबाट बागमती प्रदेश सभामा ५६ जना सांसद छन् ।

केन्द्रमा भएको राजनीतिक परिवर्तनको पहिलो असर प्रदेशमा परेको हो। नेता माधवकुमार नेपाल पक्षमा रहेकी शाक्यलाई मुख्यमन्त्री दिएर उनी र निकट नेताहरुलाई ओली पक्षले होल्ड गरेको हो। शाक्य यसअघि तत्कालीन प्रधानमन्‍त्री ओलीको चर्को आलोचक थिइन्।

कुल ११० सांसद रहेको बागमतीमा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ । एमालेका सांसदकै बलमा पौडेललाई बहुमत छ । बागमतीमा ओलीपक्षका ३५ र माधवपक्षका २१ सांसद छन् ।

माधव पक्षको बलियो शक्ति सरकारबाट बाहिरिँदा पौडेलको सत्ता टिक्न सक्ने अवस्था रहँदैन । प्रदेशमा प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझाको ३, नेपाल मजदुर किसान पार्टीका २, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् ।

images
प्रकाशित मिति :भाद्र २, २०७८ बुधवार - २२:१२:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology