Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अबैध मोवाइल सहित समातिएको नारायणगढका मोबाईल कारोबारी छुटाउन चितवनका जिल्लादेखि केन्द्रिय नेताको दबाब

अबैध मोवाइल सहित समातिएको नारायणगढका मोबाईल कारोबारी छुटाउन चितवनका जिल्लादेखि केन्द्रिय नेताको दबाब

images

इच्छाकामना न्युज

३२, श्रावण २०७८
अबैध मोवाइल सहित समातिएको नारायणगढका मोबाईल कारोबारी छुटाउन चितवनका जिल्लादेखि केन्द्रिय नेताको दबाब
images

चितवन, ३२ साउन । नवलपुरको दुम्किवासमा बरामद भएको करिब १ करोड बराबरको अबैध मोवाइल सम्बन्धी मुद्धा मिलाउन चर्को दबाब दिइएको छ । गत साता भन्सार छलेर नवलपुर हुँदै चितवनको नारायणढतर्फ ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय दुम्किवासले ५ सय ९५ थान मोबाइल बरामद गरेको थियो ।

प्रहरीले मोबाइल बोक्न प्रयोग गरेको गाडीसहित २ जनालाई नियन्त्रणमा समेत लिएको छ । बरामद भएका मोबाइल र गाडीको मूल्यांकन कम देखाएर पक्राउ परेका व्यक्तिलाई तत्काल धरौटीमा छाड्न चितवनका ठूला व्यापारी, राजनीतिक दलका जिल्ला नेतादेखि केन्द्रिय नेतासम्मले दबाब दिएको स्रोतले बताएको छ । उनिहरुले गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई हारगुहार गरिरहेका छन ।

ईलाका प्रहरी कार्यालय दुम्कीबासको टोलिले गतसाता रातको ११ वजे पश्चिमबाट पूर्वतर्फ जान आउदै गरेको प्रदेश ३– ०१– ०२३– च –५५४४ नम्बरको गाडीलाई चेकजाँच गर्ने क्रममा अवैध रुपमा मोबाइलको ओसारपसार हुने गरेको फेला परेको थियो । भन्सार छलेर मोबाइल ल्याउने चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ८ का अर्जुन शर्मा भनिने अर्जुन ढकाल र भरतपुर २१ का ईन्द्रलाल श्रेष्ठ प्रहरी नियन्त्रणमा छन ।

ढकाल नारायणगढको ‘ए एण्ड के’ मोवाइलका संचालक रहेको प्रहरीले जनाएको छ । शर्माले यसअघि पनि मोवाइलको अबैध काम गर्ने गरेको पाइएको प्रहरीको भनाई छ । श्रेष्ठ शारदानगर जेसीजका वर्तमान अध्यक्ष समेत हुन । उनिहरुले जिल्लाका जनप्रतिनिधि र केन्द्रिय नेताको हवला दिँदै मोवाइलको अबैध कारोवार गर्दै आइरहेका थिए ।

नवलपरासीको महेशपुर भन्सार कार्यालयले सरकारी वकिल कार्यालयमा रायका लागि मुद्दा पेश गर्ने तयारी गरिरहेको भन्सार अधिकृत रामप्रसाद अर्यालले बताए । प्रहरीले ९९ लाखको मोबाइल बरामद भएको प्रतिवेदन भन्सार कार्यालयमा बुझाएको छ ।

मोबाइलसँगै पक्राउ परेको डबल क्याबको जीपको मूल्यांकन ७० लाख देखाइएको छ । उक्त जीप १ करोड बढीको रहेको बताइएको छ । ‘फोन त कति आए, कति अझ पनि आउँदै छन् । फोन आउँदैमा छाड्ने कुरा भएन ।’ भन्सार अधिकृत अर्यालले पत्रकारसंग भने । मोबाइल बरामद भएका दिनदेखि नै धरौटीमा छोड्न र कम मूल्यांकन देखाउन फोन आउन थालेको उनले बताए । चितवनका जिल्लादेखि केन्द्रिय नेताले फोन गरेको उनको भनाई छ । तर कस्ले फोन ग¥यो भन्ने बारे अर्यालले बताउन चाहेनन् ।

सरकारी वकिल कार्यालयमा प्रहरीकै प्रतिवेदनमा उल्लेख भएको मूल्य राखेर मुद्दाका लागि राय लिने र पछि कार्यालयले मूल्य तोक्ने भन्सार कार्यालयले जनाएको छ ।


images
प्रकाशित मिति :श्रावण ३२, २०७८ सोमवार - ०९:२७:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology