Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सिन्धुपाल्चोकको पाँचपोखरीमा जनै पूर्णिमामा मेला नलाग्ने 

सिन्धुपाल्चोकको पाँचपोखरीमा जनै पूर्णिमामा मेला नलाग्ने 

images

सिआईएन

३२, श्रावण २०७८
सिन्धुपाल्चोकको पाँचपोखरीमा जनै पूर्णिमामा मेला नलाग्ने 
images

देवराज सुवेदी, सिन्धुपाल्चोक, ३२ साउन । हरेक वर्ष जनैपूर्णिमाको अवसरमा एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका  ३ स्थित प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा  यो वर्ष पनि मेला नलाग्ने भएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिका  अध्यक्ष टासी लामाले कोरोना महामारी बढदो क्रममा रहेकाले   जनैपूर्णिमा मेला नगर्न आग्रह गर्नु भएको हो। गत वर्ष पनि कोरोनाका कारण मेला लागेको थिएन ।मेला तथा जात्राले कोरोना संक्रमण बढ्न सहयोग पुग्ने भएकाले मेला,जात्रा नगर्ने निणर्य गरिएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पोखरेलले  जानकारी दिनुभयो । 

यसैबीच मेलम्ची खोलामा गत असार १ गते र साउन १७ गते आएको बाढीले क्षतविक्षत बनाएको हेलम्बुमा नेपाल ह्योल्मो समाजसेवा संघले साढे तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

ह्योल्मो समाजसेवा संघका केन्द्रिय अध्यक्ष पेमा ह्योल्मोको नेतृत्वमा गोसेर ह्योल्मो, उपाध्यक्ष डोल्मा कुमारी ह्योल्मो, कोषाध्यक्ष नुर्पु डोल्मा लामा सदस्य पूर्णिामा ह्योल्मो लगायतको टोलीले सहयोग रकम हस्तान्तरण गरेको हो ।

संघले हेलम्बु गाउँपालिकाको लागि डेढ लाख रुपैया उपाध्यक्ष कोपिला पण्डितलाई हस्तान्तरण गरेको छ । मेलम्ची खोलामा आएको बाढीले पूर्ण रूपमा क्षति भएको इष्ट पोइन्ट एकेडेमीको पुनर्निर्माणका लागि पचास हजार र चनौटे क्षेत्रमा निर्माण हुँदै गरेको तुइन निर्माणको लागि डेढ लाख रुपैया सहयोग गरेको छ । 

images
प्रकाशित मिति :श्रावण ३२, २०७८ सोमवार - ०९:१५:२२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology