Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

संघिय संरचना अनुसार जान माओवादी केन्द्रको जिल्ला कमिटी विघटन गर्ने निर्णय

संघिय संरचना अनुसार जान माओवादी केन्द्रको जिल्ला कमिटी विघटन गर्ने निर्णय

images

इच्छाकामना न्युज

३१, श्रावण २०७८
संघिय संरचना अनुसार जान माओवादी केन्द्रको जिल्ला कमिटी विघटन गर्ने निर्णय
images

काठमाडौं, ३१ साउन । नेकपा माओवादी केन्द्रले संघीय संरचना अनुसार पार्टीको संरचना परिवर्तन गरेको छ । माओवादी केन्द्रले स्थानीय तह, प्रदेश र केन्द्रका रूपमा पार्टीका संरचना निर्माण गर्न लागेको हो । केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सबै जिल्ला कमिटी विघटन गर्ने निर्णय गरेको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भनेका छन्, ‘आजैदेखि विधानबाट जिल्ला डिलिट भयो । अब जिल्ला सम्मेलन हुँदैन । अब सिधै जनतामा जाने ।’ बैठकमा पार्टीको संरचना संघीयता अनुकूल नभएको प्रसंग उठेको थियो । त्यही केन्द्रीय नेताहरूले प्रश्न उठाएपछि विधान संशोधन गरी जिल्ला कमिटी विघटन गर्ने र स्थानीय, प्रदेश र केन्द्रमात्रै राख्ने निर्णय भएको हो ।

 

images
प्रकाशित मिति :श्रावण ३१, २०७८ आइतवार - २१:१९:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology