Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनमा विप्लव नेतृत्वको नेकपामा ५२ जना युवा प्रवेश

चितवनमा विप्लव नेतृत्वको नेकपामा ५२ जना युवा प्रवेश

images

इच्छाकामना न्युज

३०, श्रावण २०७८
चितवनमा विप्लव नेतृत्वको नेकपामा ५२ जना युवा प्रवेश
images

चितवन, ३० साउन । विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चितवनमा संगठन विस्तार कार्यक्रमलाई आक्रामक रुपमा अगाडि बढाएको छ ।

प्रतिबन्ध फुकुवा भएर खुला राजनीतिमा आएपछि पार्टीले अहिले देशव्यापी रुपमा संगठन विस्तार र पार्टीको योजना जनतामाझ अगाडि बढाउँदै लगेको हो  पूर्वी चितवन राप्ती नगरपालिका वडा नम्वर २ का ५२ जना युवा आज अन्य पार्टी परित्याग गरी नेकपा पार्टीमा प्रवेश गरेका छन् ।

वडाको वडा भेला कार्यक्रममा ५२ जना युवाहरु पार्टीको नीति र कार्यक्रमलाई साथ दिँदै पार्टीमा समाहित भएको वडा इन्चार्ज राम सेडाइँले दाबी गरे । पार्टीको योजना र कार्यक्रमप्रति युवाहरुको आकर्षण बढेकाले पार्टी प्रवेश गर्ने युवाहरुको लहर चलेको उनको भनाइ छ ।

पार्टीले चितवनमा संगठन विस्तारलाई आक्रामक रुपमा अगाडि बढाउँदै वैज्ञानिक समाजवाद र यसका लागि पार्टीले अगाडि सारेको जनमत संग्रहका सन्र्दभमा नागरिकलाई सूसुचित गर्दै लगेको चितवन जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य सन्देश पौडेलले बताए ।

पार्टीले अहिले धमाधम संगठन विस्तार र कार्यकर्तालाई पार्टीको एजेण्डा र भावी योजनाका बारेमा प्रशिक्षण दिएको उनको भनाइ छ । वर्तमान संसदीय राजनीतिले देशलाई निकास दिन नसक्ने भएकाले आफूहरुले यसको विकल्पको रुपमा जनमत संग्रह मार्फत वैज्ञानिक समाजवाद ल्याउनु पर्ने एजेण्डा अगाडि सारेको र यसलाई जनताले साथ दिएको उनले बताए । वैज्ञानिक समाजवादले मात्रै जनताको चाहाना पूरा हुने र त्यसका लागि वर्तमान संसदीय व्यवस्था फाल्नका लागि जनमत संग्रहमा जानुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा अखिल नेपाल जनस्वास्थ्य कर्मी महासंघका महासचिव डा. प्रकाश चन्दले स्वास्थ्य र शिक्षा नागरिकको आधारभूत आवश्यकता भएकाले हरेक नागरिकले सर्वसुलभ रुपमा स्वास्थ्य र शिक्षा पाउनु पर्ने बताए ।

स्वास्थ्य उपचारमा नागरिक माथि गरिने लुट आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने र आफनो संगठनले सरकारी र अन्य अस्पतालको स्वास्थ्य सेवा लाई गुणस्तरीय, सर्वसुलभ र प्रभावकारी बनाउन पहल गरिरहेको बताए ।

कोही मान्छे बिरामी भएर अस्पताल पुग्दा घरखेत बेचेर उपचार गर्नुपर्ने अवस्थाको अन्त्य गर्न अब एक पटक युवाहरु स्वास्थ्य क्षेत्रका माफियाका विरुद्ध कडा रुपमा मैदानमा उत्रन आवश्यक रहेको चन्दको भनाइ छ ।

आफू सर्वसुलभ प्रभावकारी स्वास्थ्य र शिक्षा नागरिकले पाउनुपर्छ भन्ने मुल एजेण्डामा केन्द्रित भएको र त्यसका लागि देशव्यापी अभियान केन्द्रित गर्ने उनको भनाइ छ । नागरिकको आधारभूत आवश्यता प्राप्तिका लागि सबै युवाहरु अब एक भएर यो व्यवस्था विरुद्ध सङ्घर्ष गरेर जनताको अधिकार स्थापित गर्न पर्ने उनको तर्क छ । युवाहरुको पार्टीमा प्रवेशले पार्टीलाई जिवन्त बनाउने डा चन्दले बताए । कार्यक्रममा सयौंको संख्यामा स्थानीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :श्रावण ३०, २०७८ शनिवार - १९:५२:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology