Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङको ढोलामा अनौठो किम्वद्धन्ती बोकेको मन्दिर

धादिङको ढोलामा अनौठो किम्वद्धन्ती बोकेको मन्दिर

इच्छाकामना न्युज

३०, श्रावण २०७८
धादिङको ढोलामा अनौठो किम्वद्धन्ती बोकेको मन्दिर
images

धादिङ, ३० साउन । धादिङको ज्वालामुखी ४ ढोलामा अबस्थित बराह मन्दिरको अनौठो किम्वद्धन्ती रहेको छ । यस मन्दिमा पुग्ने जो कोहि पनि त्याँहा रहेको ठुलो ढुङ्गगा (जसलाई पुजा गरिन्छ) देख्ने वित्तिकै अचम्ममा पर्ने गर्छन् ।

images
images

यस मन्दिरको वारेमा स्थानिय वुढा पाकालाई सोध्दा पहिले एउटा सानो ढुङ्गगालाई एकजना स्थानिय व्यक्तिले हसिया उदीयाउने ढुङ्गगाको रुपमा घरमा लिएर गएका थिए । तर भोलिपल्ट त्यो ढुङ्गगा त्याँहा थिएन र अघिल्लो दिन जहाँवाट लगिएको थियो त्यहि आएर बसेको देखेछ ।

कसैले त्यस ढुङ्गगालाई त्याहाँ ल्याएर राखेको होला भन्ने ठानी पुन त्यस ढुङ्गगालाई अर्को दिन पनि आफ्नो घरमा लगेछ । यसरी लादा पुन अर्को दिन पनि ढुङ्गगा हराएछ र त्यसै ठाउमा आइ वसेको देखेछ । त्यस कुरावाट उसलाइ अनौठो लागेछ ।

अर्को दिन घर भित्र डोकोले छोपेर राख्दा पनि त्यस ढुङ्गगा पुन त्यहि ठाउमा आएर बसेको देखेछ । यस्तो प्रक्रिया दोहोरिए पछि उसले सबैलाई सुनाएछ । त्यसै दिन वेलुका एकजना अगुवा गुरुङ्गको सपनिमा म वराह हु्ँ मेरो निम्न विधि अनुसार पुजा गर्नु म सँधै यस गाउको रक्षा गर्छु भनेर सपना भएछ ।

सपनामा भनिए अनुसार मेरो पुजा १० वर्ष मुनिका कुमार केटाले गर्नु पर्छ । मलाई पुजा गर्दा धुप, अक्षता, भेटि नैव्यध्य चढाउनु पर्छ मेरो पुजा फागुनवाट साउन सम्म गर्नु पछर्, म साउनवाट माघसम्म निलारी वस्छु भनेर सपनी भए पछि सबेलाई सो कुरा सुनाई, त्यसै विधि अनुसार पुजा आजा गर्ने चलन रहेको पाईन्छ ।

ज्वालामुखी रमणिय गाउँपालिका भित्र पर्दछ । यस गाउँपालिका जलमूखिमाइ, ढोला मण्डली, मैदी कोट, खरि कोट र चैनपुर कोट जस्ता धार्मिक, पुरातात्विक एबं पर्यटकिय प्रचुर सम्भावना बोकेको गाउँपालिका हो । जिल्ला स्थित टारहरु मध्ये पिपलटार जिल्लाकै महत्वपूर्ण टार यहि गाउँपालिकामा पर्छ यहाँ कुमाल समुदायको बाहुल्याता रहेको छ ।

(धादिङ जिल्ला स्तरीय प्रथम फोटो प्रतियोगितामा सहभागि बराह मन्दिरको यो फोटो र समाचार प्रमोद भट्टको हो । ) धादिङपोष्टबाट

images
प्रकाशित मिति :श्रावण ३०, २०७८ शनिवार - १९:४३:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology