Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखाको बोर्लाङमा छोराले आत्महत्या गरेपछि आमाले पनि गरे झुण्डिएर आत्माहत्या

गोरखाको बोर्लाङमा छोराले आत्महत्या गरेपछि आमाले पनि गरे झुण्डिएर आत्माहत्या

images

इच्छाकामना न्युज

३०, श्रावण २०७८
गोरखाको बोर्लाङमा छोराले आत्महत्या गरेपछि आमाले पनि गरे झुण्डिएर आत्माहत्या
images

गोरखा ३०, साउन । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ स्थित महादेवटारमा अमा छोराले नै झुण्डिएर आत्माहत्या गरेका छन् । छोराले आत्माहत्या गरेको भोलिपल्ट आमाले पनि पासो लगाएर आत्माहत्या गरेको अबस्था भेटिएको जिलला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बिहीबार साँझ अर्थात २८ गते २० वर्षिय राजकुमार दरैले घरभित्रै झुण्डिएर आत्महत्या गरेकै भोलीपल्ट २९ गते राती सैतनी आमा ३४ वर्षिय नरिमाया दरै घरभित्रै झुडिएर आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायव उपरिक्षक प्रकाश दाहालले जानकारी दिनुभयो।

घर परिवार भित्र आमा छोराको सामान्य विवाद भई रहने भएता पनि आत्माहत्या गर्नुको कुनै कारण भने खुल्न नसकेको डिएसपी दाहालले बताउनुभयो । मृतक छोरा भने टिपर चालक भएको बुझ्न आएको छ ।

छोराको मृत्युपछि सैतेनी आमालाई परिवार तथा केही ब्यत्तिहरुले छोराको मृत्युको कारण आमा भएको भन्ने गाउँलेबाट कुरा सुन्न थालेपछि आमा नरिमायाले आफु पनि मर्छु भन्ने अभिब्यक्ति दिएको स्थानीयको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । मृत्यु शंकास्पद नदेखिएता पनि शव पोष्टमार्टका लागि प्राथमिक स्वास्थ्य केन्द्र आरुघाट पठाइएको कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण ३०, २०७८ शनिवार - १९:३५:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology