Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेकपा एमालेको गण्डकीमा छाँया सरकार गठन

नेकपा एमालेको गण्डकीमा छाँया सरकार गठन

images

इच्छाकामना न्युज

३०, श्रावण २०७८
नेकपा एमालेको गण्डकीमा छाँया सरकार गठन
images

गोरखा ३०, साउन । नेकपा एमालेले गण्डकी प्रदेशमा छाँया सरकार बनाएको छ । दुई महिना अघि पार्टी संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि सरकारको काम कारवाहीको निगरानी गर्न भन्दै एमालेले छाँया सरकार बनाएको हो ।

संसदीय दलअन्तर्गतको संसदीय बोर्डको बैठकले प्रदेशका ११ मन्त्रालय हेर्ने गरी ९ संसदीय समूह बनाएको प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिनुभयो । ए

मालेले बनाएको छाँया सरकारमा गोरखाबाट प्रदेश सभामा निर्वाचित प्रदेशसभा सांसद पूर्वमन्त्री रामशरण बस्नेतले भौतिक पूर्वाधार, विकास तथा यातायात समूहको संयोजक जिम्मा पाउनु भएको छ। सदस्यमा रोशन गाहामगर र प्रभा कोइराला रहनुभएको छ ।कानून, सूचना सञ्चार, प्रदेश मामिला समूह संयोजकमा चन्द्रमोहन गौचन चयन हुनुभएको छ भने सदस्यमा पुष्पा केसी भण्डारी रहनभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् समूहको संयोजकमा मोहनप्रसाद रेग्मी रहनु भएको छ भने सदस्यमा मायानाथ अधिकारी र मीना गुरुङ रहनु भएको छ । त्यस्तै ईन्द्रलाल सापकोटाको नेतृत्वमा कृष्णबहादुर थापा सदस्य रहने गरी अर्थ समूह गठन गरिएको छ ।

सामाजिक विकास समूहमा नरदेवी पुनमगरको संयोजकत्वमा जनकलाल श्रेष्ठ र ईन्द्रधारा विष्ट सदस्य, उद्योग, पर्यटन, वन तथा वातावरण समूह संयोजकमा पूर्व मन्त्री विकास लम्साल सदस्यमा रामबहादुर गुरुङ र लक्ष्मी सुनार भूमि, व्यवस्था, कृषि समूहको संयोजकमा मित्रकुमारी गुरुङ, सदस्यमा मनबहादुर गुरुङ, महेन्द्र काली रहनुभएको छ ।

त्यस्तै ऊर्जा, खानेपानी समूह संयोजकमा मीनप्रसाद गुरुङ, सदस्यमा धनञ्जय दवाडी, स्वास्थ्य, जनसंख्या, युवा तथा खेलकुद समूहको संयोजकमा सांसद राजीव पहारी, सदस्यमा जूनादेवी नेपाली र सावित्रा रानामगर रहनुभएको छ ।

images
प्रकाशित मिति :श्रावण ३०, २०७८ शनिवार - १९:३३:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology