Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखा सतिपिपल क्षेत्रमा जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ

गोरखा सतिपिपल क्षेत्रमा जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ

इच्छाकामना न्युज

३०, श्रावण २०७८
गोरखा सतिपिपल क्षेत्रमा जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ
images

गोरखा, ३० साउन : गोरखामा जुवाको खालबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका वडा नम्बर–५, स्थित सतिपिपल क्षेत्रबाट जुवा खेलिरहेका बेला उनिहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।

images
images

‘स्थानीयबासी घनश्याम थापा मगरेका घरमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीको टोली पुगेर जुवाडे पक्राउ गरिएको हो, उहाँले भन्नुभयो, शुक्रबार साँझको समयमा थापाको घरमा पुगरे प्रहरीले छापा मार्दा उनिहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।’

पक्राउ पर्नेहरुमा घरधनी थापामगर, सोही ठाउँका राजु राना, रेफबहादुर थापा र नविन थापा तथा र गोरखा नगरपालिका–७, खिरेपानीका बहादुर गुरुङ रहेको डिएसपी दाहालले जानकारी दिनुभयो । प्रहरीले उनीहरुको साथबाट खेल्न प्रयोग गरिएको ३ बुक तास र १२ हजार ३९० रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु बिरुद्ध जिल्ला प्रसासन कार्यालयबाट ७ दिनको म्याद थप गरि जुवा सम्बन्धी कुसरमा शिर्षकमा मुद्धा दर्ता गरि थप अनुसन्धान अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

 

images
प्रकाशित मिति :श्रावण ३०, २०७८ शनिवार - १९:३०:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology