Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नुवाकोटमा जबरजस्ती करणी गरेको आरोपमा युवकलाई १२ वर्ष कैद 

नुवाकोटमा जबरजस्ती करणी गरेको आरोपमा युवकलाई १२ वर्ष कैद 

images

इच्छाकामना न्युज

२८, श्रावण २०७८
नुवाकोटमा जबरजस्ती करणी गरेको आरोपमा युवकलाई १२ वर्ष कैद 
images

देवचन्द्र भट्ट, नुवाकोट, २८ साउन । जिल्ला अदालत नुवाकोटले जबरजस्ती करणीमा कसुर ठहर भएको एक युवकलाई १२ वर्ष कैद सजायको फैसाला गरेको छ । गतवर्ष वैशाख ३० गते नुवाकोटको बेलकोटगढी नगरपालिका–५ का १५ वर्षका किशोरीलाई करणी गरेको आरोप प्रमाणित भएपछि अदालतले ती युवकलाई १२ वर्ष कैद सजायको फैसला गरेको हो ।

विदुर नगरपालिका–१२ का १९ वर्षका केदार पौडेल दोषि ठहर भएपछि १२ वर्ष कैद सजायको फैसला गरिएको जिल्ला अदालत कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोट जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुईटेलको एकल इजलासले पौडेललाई युवतीलाई करणी गरेको कसुरमा दोषी ठहर गर्दै सो फैसला गरेको हो ।

अदालतका श्रेस्तेदार इन्द्रकुमार खड्काका अनुसार पौडेलबाट पीडित बालिकालाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन समेत फैसला भएको छ ।

यसअघि, नुवाकोट जिल्ला अदालतले गत २०७७ जेठ २५ गते पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । घटनाको अर्को दिन जिल्ला प्रहरी कार्यालयमा पौडेल विरुद्ध उजुरी दर्ता भएको थियो ।

स्थानीयवासीले उनलाई युवती करणी गरेको स्थानबाटै नियन्त्रणमा लिई कारवाहीका लागि प्रहरीमा बुझाएका थिए । 

images
प्रकाशित मिति :श्रावण २८, २०७८ बिहिवार - ०९:२३:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology